• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वविद्यार्थी नेता न्यौपानेका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना




युवा नेता नरेन्द्र न्यौपानेले आफ्ना दुई छोराछोरीलाई निजी विद्यालयबाट सारेर सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष समेत रहेको न्यौपानेले आफ्ना दुई सन्तान छोरी अनिशा र छोरा रविन्द्रलाई निजी विद्यालयबाट सारेर सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् । कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलको कक्षा ६ उत्तीर्ण उर्तिण गरेर ७ मा पुगेकी अनिशा र कक्षा ४ उत्तीर्ण गरेका रविन्द्रलाई कक्षा ५ मा कोहलपुर नगरपालिकाको वडा नम्बर १ कौशिलानगरस्थित कृष्ण माध्यामिक विद्यालयमा भर्ना गरेका छन् ।

युवा नेता न्यौपानेले सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्रदान भैरहेको र समाजमा जिम्मेवार व्यक्तिहरुले सरकारी विद्यालयमा आफ्ना छोराछोरी पठाउनाले सरकारी विद्यालयको शिक्षाको स्तरमा विस्तारै सुधार हुने भएकाले आफुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरेको बताएका छन् । स्थानीय निर्वाचनमा आफुले गरेको प्रतिवद्धता र आफ्नो मुद्धालाई स्थापित गर्न र सरकारी तथा सामुदायिक विद्यालयको शिक्षाको अवस्थामा सुधार गर्न कसै न कसैले हात हाल्नु पर्ने भएकाले आफुले त्यो काम गरेको बताएका छन् ।

नेता न्यौपानेले भने,–‘जागिर सरकारी, छोराछोरीको शिक्षा निजी विद्यालय रोज्ने प्रवृत्तिले गर्दा हाम्रो समाजमा सरकारी विद्यालयको स्तर माथी उठ्न सकेको छैन । यसको अवस्था सुधार्न म एउटा सहि पात्र पनि हुनसक्छु ।’ उनले सबै अभिभावकहरुलाई ऐच्छिक पढाईका लागी निजी विद्यालय नरोज्न आग्रह गरे ।

पछिल्लो समय यहाँका धेरै विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि धेरैको पहिलो रोजाई सरकारी विद्यालय हुन सक्ने कृष्ण माध्यामिक विद्यालय कौशिलानगरका प्रधानध्यापक वीरेन्द्र मल्लले इआवाजलाई बताए । विद्यालयको कक्षा ७ मा १ सय १९ र कक्षा ५ मा ७४ जना नयाँ र पुराना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । प्रधानाध्यापक मल्लले, सामुदायिक विद्यालय सुधारका लागी नरेन्द्र न्यौपानेले गरेको कामले विद्ययालयका कमी, कमजोरी सुधार्न थप बल र सहयोग पुग्ने बताए । उनले, निजी विद्यालयमा कोर्ष सकाउने र विद्यार्थीलाई रटाउने कार्य उल्लेख्य रुपमा वृद्धि भएकोले यस्तो शिक्षाले विद्यार्थीको सिर्जनात्मक क्षमतामा ह्रास आउने पनि बताए । विद्यालयमा कक्षा १, २, ६, ७ र ९ मा अंग्रेजी माध्यमबाट पठनपाठन भैरहेको प्रधानाध्यापक मल्लले जानकारी दिए ।

नगरमा हाल २९ सरकारी तथा ५५ निजी विद्यालय सञ्चालमा रहेका छन् ।

Facebook Comments