• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बैशाख २८ मा लावाजुनीको विशेष प्रदर्शन हुने




कमलरी विषयवस्तुमा निर्माण गरिएको चलचित्र लावाजुनीको आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताउनु भयो । उहाँका अनुसार बैशाख २८ गते घोराहीको नीम चित्र मन्दिरमा बिहान ८ बजे लावाजुनी प्रदर्शन गरिनेछ । विशेष प्रदर्शनीमा विशिष्ट दर्शकहरुको लागि रु. ५ हजार र साधारण दर्शकहरुका लागि रु. १ हजार दरका टिकटको व्यवस्था गरिएको छ ।

सामाजिक एवं मानवसेवाका लागि विशेष प्रदर्शनको आयोजना गरिएको हुँदा सबैलाई सहयोग गरिदिनुहुन अध्यक्ष चौधरीले अनुरोध गर्नुभएको छ । ‘लावाजुनी एक चेतनामूलक सामाजिक चलचित्र भएको र विशेष प्रदर्शन सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ भएको हुँदा सबैपक्षबाट उत्साहजनक सहयोग हुने कुरामा हामी विश्वस्त छौं ।’ अध्यक्ष चौधरीले भन्नु भयो ।

दाङमा मात्र सिकलसेलका विरामीहरु १ सय ६९ रहेको र उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उनीहरुको सहयोगका लागि या प्रदर्शन महत्वपूर्ण हुने संचारकर्मी एवं अभियन्ता संतोष अधिकारीले बताउनु भयो ।

चलचित्र लावाजुनी संचारकर्मी केएल पीडितले निर्माण तथा निर्देशन गरेका हुन् भने कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् । केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्र लावाजुनी निर्माताहरुमा रिना खड्का बस्नेत, संझना जीएम, बसन्तराज भट्ट र शारदा बिसी रहेका छन् ।

लावाजुनीमा छबिलाल कोपिला, ज्वाला देवकोटा, सुशीला चौधरी, अनिता महतारा, वर्षा लम्साल, सुप्रीया देवकोटा र निश्मा वलीको मुख्य भूमिका रहेको छ । चलचित्रमा संतोष श्रेष्ठको संगीत रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिषराज भण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले स्वर दिएका छन् ।

Facebook Comments