• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिलाको शल्यक्रियाका लागि रक्तदान




घोराहीमा एक महिलाको शल्यक्रियाका लागि तीन व्यक्तिले रक्तदान गरेका छन् ।

तुलसीपुर उपमहानगरालिकाका १८ निवासी ४५ बर्षीया शोभा ओलीको उपचारका लागि धेरै रगत आवश्यक पर्ने भएकाले सामाजिक सञ्जालबाट रक्तदानका लागि आव्हान गरिएको थियो । सो आव्हानपछि ब्यवसायी होम यरी, कर्मचारी झंकार लामिछाने र पत्रकार निशानदाजु भट्टराइले रक्तदान गर्नुभएको हो ।

शुरुमा थोरै रगत आवश्यक परे पनि चढाउँदै जाँदा धेरै रगत लागेको र सबै रगत रक्तसञ्चार केन्द्रबाट संभव नहुने भएकाले रक्तदानका लागि सार्वजनिक आव्हान गरिएको विरामीका भाइ रविन केसीले जानकारी दिनुभयो । सो आव्हानपछि ताजा रगत प्राप्त भएको र विरामीको शल्यक्रियाका लागि सहज भएको उहाँले जानकारी दिनुभयो ।

रोल्पा होलेरीका ब्यवसायी यरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी लामिछाने र पत्रकार भट्टराइले सामाजिक सञ्जालमा गरिएको सहयोगको आग्रहपछि रक्तदान गरेको बताउनुभयो । पत्रकार भट्टराइले जन्मदिन पनि सोही रक्तदान गरेर मनाएको बताउनुभयो । पछिल्लो समयमा सामाजिक सञ्जालबाट रक्तदानका लागि प्रोत्साहित गर्ने गरिएको छ ।

अहिलेसम्म रक्तसञ्चार सेवा केन्द्र घोराहीले दुइ प्वाइन्ट रगत उपलब्ध गराइसकेको छ भने दाताहरुबाट प्राप्त समेत गरी रगत पुग्ने अवस्था रहेको केसीले जानकारी दिनुभयो । रक्तसञ्चार सेवा केन्द्र घोराही इञ्चार्ज दिलिप न्यौपानेले बी पोजिटिभ र ओ पोजिटिभ रगत कमी नै रहेकाले रक्तदान अझे बढाउनुपर्ने बताउनुभयो ।

Facebook Comments