• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुमन चापागाइको पहिलो लोक एल्बम पिपलुलाइ बर सार्वजनिक




बैदेशिक रोजगारीका सिल सिलामा हाल दक्षिण कोरिया रहेर पनि आफ्नो तन मन लगाएर यहि नेपाली लोक संगित बजारको भिडमा छ्ट्टै किसिमको गीत लिएर उदाएका एक नव कलाकार हुन बहु प्रतिभाका धनी सुमन चापागाइ।

बाल्यकालबाटै लोक संगीतमा रुची राख्ने चापागाइ, उनले आफ्नो पहिलो लोकगीत पिपलुलाइ बर छ नामक एल्बम बजारमा लिएर आएर नेपाली लोक संगीतमा पाइला अगाडी बढाएका छन।

सुमन चापागाइ र गायिका सम्झना भन्डारीको स्वरमा सजियको उक्त भाकामा सुमन चापागाइ स्वयम आफ्नै शब्द रहेको छ भने लय संगीत खेम सेन्चुरिको रहेको छ र एरेन्ज बिनोद बाजुरालिले गर्नु भएको छ भने सम्पादन मनोज कार्किले गर्नु भएको छ।

निर्देशन मौसम हिमालिको रहेको छ। क्यामरा करन चैसिरले गर्नु भएको छ।मोडेल मा पछिल्लो समय निकै ब्यस्त कलाकरहरु राम जि खांड, खेम सेन्चुरी र निरन्जलि लामाले गर्नु भएको छ।यस गीतलाइ खेम सेन्चुरिकै आफ्नै युट्युब च्यानल खेम सेन्चुरी बाट सार्वजनिक गरिएको छ।

Facebook Comments