• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु




काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोलीले सटर भत्काएको सुरु गरेको हो ।

टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काउन सुरू गरेकाे हाे। मेयर शाक्यको निर्देशनसँगै नगर र नेपाल प्रहरीले डोजर लगाएर सटर भत्काउन लागेकाे कार्यान्वयन महाशाखा प्रमुख सापकोटाले बताए। महानगरपालिकाले डोजर चलाउने निर्णय शुक्रबार गरेकाे थियाे।

काठमाडौं टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोज भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा उक्त सटरहरु अनधिकृत रुपमा निर्माण गरि ठेक्कामा लगाएका थिए। ठेकेदार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि त्यसको ब्यापकविरोध भएको थियो।

Facebook Comments