• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनर्गल प्रचारप्रति सभामुखको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी




सभामुख कृष्णबहादुर महराले लगातार नभएका कुरा प्रचार गरेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाउनुभएको छ । यस्ता गतिबिधिविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।
सभामुख महराको तर्फबाट प्रेस सल्लाहकार डिल्ली मल्लले खण्डन नोट जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

‘‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको’ भनी सम्माननीय सभामुख कृष्णबहादुर महराको नाम जोडी केही अनलाइनहरुले निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई लगाइएको उक्त निराधार आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’– खण्डन नोट भनिएको छ ।

उक्त घटनाका बारेमा सभामुखलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको अवस्थामा उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी सभामुखको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिताको नाममा गरिएको घृणित क्रियाकलापले आफूलाई निकै दुःखी बनाएको खण्डन नोटमा उल्लेख छ ।

‘उक्त घटनाका बारेमा लगाइएको आरोप प्रमाणित गर्न म सम्बन्धित अनलाइनहरु र सञ्चालकलाई चुनौति दिन चाहन्छु’– खण्डन नोटमा भनिएको छ– ‘चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन सक्दैन । पत्रकारिता नै गर्ने भए पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न सम्बन्धित अनलाइन सञ्चालकहरुलाई आग्रह गर्दै पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने पनि अवगत गराउँछु ।’

Facebook Comments