• १७ कार्तिक २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुरन नेतृत्वको अविस्मरणीय ट्राफिक व्यवस्थापन




तपाईले एउटा समाचार लेख्नुपर्दथ्यो । थाह पाउनु भैन कि ? यातायात क्षेत्रका अगुवा एवं व्यवसायी शिवराज पन्थीले भेट हुने वित्तीकै सुनाउनुभयो ।

नेपालगञ्ज कता बाट आएको टोलिले अति राम्रो काम ग¥यो । उहाँले यसरी शुरु गरेको बखानमा ट्राफिक प्रहरीका हवलदार तुरन धामीको प्रशंसा थियो । उहाँले दिएको सेवाप्रति पन्थी सन्तुष्ट देखिनुभयो ।

केहि दिन अघि धामीको कृयाकलाप समेटीएको समाचार नयाँ युगवोध राष्टिय दैनिक पत्रिकामै प्रकाशित भएको थियो । त्यसमा व्यवसायी पन्थीको आँखा नपरेको होला । तर, टोलिले निर्वाह गरेको भुमिका पन्थी लगाएत तुलसीपुर चोक आसपासमा रहने धेरैको मनभित्र छापै बसेको रहेछ । गतिला कामको चर्चा हुन्छ, सानो सुधारले ठुलो अर्थ राख्छ । त्यसै विषयमा घोत्लीने रहर मलाई पनि लाग्यो ,। त्यो टिमको यहि आलेखका शब्द मार्फत सम्मान गर्छु ।

अरु जस्तै धामी संग म पनि अपरीचित थिएँ । भेट्यो नै चिया खाउँ भन्ने रुपलाल दाहल दाईले ओम स्विट हाउमा बोलाउनुभयो । काम विशेषले न्युरोड हुँदै शहिदगेट तर्फ आएको थिएँ । भित्र नपस्दै सडकको दृश्य अलि फरक लाग्यो । चारैतिर सिठि फुकिरहेका टाफिक प्रहरी थिए । त्यस मध्य एकजना टाफिकमाथि मेरो नजर गाडियो । भित्र बसेर चिया पिउँदै तिनका गतिविधि नियालेँ । कुर्सीमा बसेरै होटलको शिसा भित्रैबाट फोटा खिचेँ ।

त्यति गर्दापनि मनले मानिन । चिया पिई सकेपछि बाहिर निश्कीएँ । मलाई तिनको नाम पत्ता लगाउनु थियोे । एउटा उपाए थियोे नजिकै जाने र छातिमा टंगिएको नामप्लेट हेर्ने । त्यो पनि सजिलो थिएन । एक ठाउँमा स्थिर भएर बस्दैन्थे । यता न उता कुँदेको कुद्यै गर्थे । किन भने नियम मिच्ने सवारी साधन धेरै थिए । एउटालाई सम्झाई बुझाई फिर्ता गर्न नभ्याउँदै अर्को आउथ्यो । उनलाई भेट्न वर र पर दुई चोटी गरेँ । त्यति गर्दा उनले मलाई केहि संका गरेकि गरेनन् थाह भैन । बल्ल बल्ल नजिक परेँ । नाम पढ्नकै लागि बनावटी भावना देखाएँ । łयत्रो सिकाउँदा पनि किन नमानेका होलान् भनेर उनको समर्थनमा बोल्दै खिस्स हाँसेँ ।

धेरै बोल्नु थिएन । खाली नाम पढ्नु थियो । त्यसलाई घोक्दै अली वर तिनले नदेख्ने ठाउँमा आएर डाइरीमा टिपेँ । अफिस आएर तिनको कामको स्रहना गर्दै एउटा समाचार तयार पारेँ । यति धेरै मेहनत गर्नुको कारण उनको ईमान्दारीता पुर्वकको खटन थियो । त्यसबाहेक उनि संग भेटघाट कहिल्यै भैन । मैले देखेको पनि पहिलो पटक हो । समाचार प्रकाशित भएको तिनदिन पछि अपरिचीत नम्बर बाट फोन आयो । म फलानो हुँ भनेर परिचय दिनुभयो र मैले पनि याद गरेँ । भेटौँ भन्ने प्रस्ताव गर्नुभयो दुवै जनाको ड्युटिको सेडुल नमिल्दा पटक पटकको भेट्ने प्रयास पनि असफल भयो । मेरो हातले पत्रिका दिन पनि भ्याइन् । कार्यालय जानुस लैजानुस भनेर सिकाईदिएँ । नौलो व्यक्ति भएर कार्यालय भेटाउन पनि उहाँलाई कठिन भयो । शहिद गेट नजिक गएर सोध्नुस जसलेपनि सिकाईदिन्छ भनेँ ।

फेरी पनि तारन्तार फोन गर्नुभयो । भेट्नै पर्ने कारण मैले देखेको थिईन । उहाँले शुद्ध नाम र आफ्नो थप विवरण सुनाउन खोजनुभएको रहेछ । अन्तमा लिखित विवरण हातमा दिएर जानुभयो । साँझ पख कार्यालयमै पुगेर भेट्नुभयो, उभिएको उभ्यै हाम्रो भेट टुंगीयो । त्यसमा लेखिए अनुसार गत फागुन पाँच गते देखि नेपालगञ्जमा सञ्चालित तालिम केन्द्रबाट चैत १८ गते घोराही आउनुभएको हो । सिमाप्रहरी चौकि गोडियाना बर्दिया दरबन्दि भई ईलाका प्रहरी कार्यालय राजापुर वर्दियामा कार्यरत प्रहरी हुनुहुन्छ ।

आठ जनाको टोलि सहित आएका धामीलाई टाफिक कार्यालय दाङले तुलसीपुर चोकमा खटाएको थियो । खटेको छोटो समयमै स्थानियलाई यिनी पुलीस को हुन ? कहाँ बाट आएकाहुन भनि जिज्ञासा राख्ने बातावरण बनाए । निरन्तर खटिरहँदा पनि मुश्कान सहितको सेवा दिनु आश्चर्यको विषय बन्यो । थाक्ने, झर्किने, नागरीकलाई अफ्ठेरो पोर्ने काम गरेनन् । जति जनाले नियम विपरीत गर्छन् त्यतिलाई मिठोगरी प्रशिक्षण दिएर गल्ती महुशस गराई चकित बनाए । हरेकलाई नरम शैलीमा प्रशिक्षीत गर्नु र ग्लानी गर्ने वातावरण गराउनु उनिहरुको विशेष्ता थियो । तुलसीपुर चोकमा विद्युत सम्म र सहिद गेट काठेकोल चोक सम्म सिठि फुक्न पुग्थे । यस क्षेत्रममा गतिलो टाफिक भएको महशुस गराए ।

डिभाईडर, सेन्टरलाईन र रोडमार्कर नभएको कारणले तुलसीपुरचोक आसपासमा जथाभावि सवारी क्रस गराउने चलन छ । आफुलाई सँधै व्यस्त देखाउने र नियम भन्दा आफ्नो छरीतोलाई ध्यानदिनेहरु जथाभावि सवारीलाई बाटो कटाउँथे । त्यस्तो अस्त व्यस्त र लामो समयदेखि त्यसरी वाटो काट्न अभ्यस्त बनेकाहरुलाई रोक्न सफल भयो । विच सडक बाट कसैलाई पनि बाटो काट्न दिएन । शहिदगेट आईलेन र तुलसीपुर चोक घुम्नुपर्छ भनि नयाँ नियममा बसाल्न त्यो टिम सफल भयोे । अटो रिक्सा चालकलाई फ्लोरेन्स ज्याकेट, ट्याक्सी, एम्बुलेन्स, सरकारी जिप, पिक अप भ्यानलाई सिट वेल्टको प्रयोग गर्नु लगायोे । पैदल यात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सम्झायोे । पानीको घुट्नको निल्मे सम्म फुर्सद थिएन । हातमा बोतल थियो घुट्क्याउँदै र भुइमा बसाल्दे गर्थे । पसिना र धुलोको प्रबाह थिए । घोराहीको सबै भन्दा धुलो उड्ने क्षेत्र त्यहि हो ।

टाफिकको आँखा छलेर एदाकदा बाहेक धेरैले नियम मिच्न सकेनन् । मलाई कसले के गर्छ भनेर बहादुरी देखाउनेहरुले समेत मिठो मुश्कानले नियम सिकाउँदा आत्मग्लानी गरेर अरुको मुखै नहेरी फर्किए । जरीवानाले होईन मुस्कानले बढि असर गर्छ भन्ने टाफिकले देखाईदियोे । टाफिकले गरेको नो पार्किङ, ओन वे जस्ता अभियानलाई कार्यान्वयन गर्न नेपालगञ्ज बाट आएको धामी नेतृत्वको टोलिले ठुलो भुमिका निर्वाह गरेको थियो । छोटै समयमा टाफिक व्यवस्थापन नमुना देखियो ।

तालिममा आएको टोलि फर्कियो । नयाँ देख्दा सम्म डराउने विस्तारै पचाउँदै जाने हाम्रो गलत लत बसेको छ ,। एकजना टाफिकलाई गाडि चालकले पैसा पकडाईदिन लागेको भेटेको थिएँ । भो के धेरै नकराउनुस भन्दै पैसा दिन्थे प्रहरी भाग्दै गरे । मैले फोटो खिच्न खोज्दैथिएँ । प्रहरीले पैसालिएनन् । यसरी नागरीक स्तरबाटै प्रहरीलाई घुस्याहा बनाउने गरीन्छ । कमजोरी गर्नमा कोहि कम छैनौँ । परि आयो भने दोष जति अर्कालाई लगाएर आफु चोखोहुने पर्यत्न गछौँ ।

गत चैत १७ गते घोराही १४ को सार्वजनिक सुनुवाईमा पुग्नुभएका जिल्ला टाफिक प्रहरी कार्यालय दाङका सइ नन्दकुमार पोख्रेले प्रशिक्षण मुलक जवाफ दिनुभयो । सजिव वा निर्जीव एक ठाउँ बाट अर्को ठाउँ पुग्न अवरोध नहुनु टाफिक हो । आवागमन सुचारु, दुर्घटना न्युनिकरण, सवारी चेकजाँच नियमीत टाफिक प्रहरीका काम पर्छन् । जाँचगर्दा आउने मात्रै जाने मात्रै, मोटर साईकल मात्रै, जिप कार मात्रै का ह्रावी गाडि मात्रै चेक हुन सक्छन् ।

उनका अनुसार बारम्बार हैरानी दिनु टाफिकको उद्धेश्य होईन । व्लुवुक लाईसेन्स छ, मापासे छैन, ओभरस्पिड छैन उसको सबैठिक छ भन्ने एकिन छ भने टाफिकले हात मिलाएर पठाईन्छ । बारम्वार रोकेर हैरानी दिन आवश्कय देख्दिन । हाम्रो उद्देश्य दुर्घटना हुन नदिने हो । कसैले शो गर्न गाडि सडकमा निकाले जरिवाना गर्दैनौँ । ओभर स्पिड चलाउनेले अर्कोलाई झुक्याउँछ, मादक पदार्थ सेवन गर्नेले एउटा साधन वा वस्तुलाई दुई तिनवटा देख्छ । मेरो चेक जाँच भयो अरुको भैन नभनौ, बरु आफुले सहि गरेर देखाउँ, गल्ती नगरौँ ।

łकारहरुको चेक गर्नु पर्दैन ? टाई सुट लगाएकालाई हजुरहरुले नमस्कार गरी हात मिलाएर जानुस भन्नुहुन्छ । टन्न रक्सी खाएको भएपनि जानुस भोलि देखि नखानुहोला सम्म भन्नुहुन्न । झुत्रा झाम्रालाई मात्रै रसिद काट्नुहुन्छ । टाफिक नियम मिच्ने मोटरसाईकल मात्रै हुन् ? घोराही १४ का अनिल सेर्पाइलीले प्रश्न गर्नुभएको थियो । त्यसो भनिरहँदा उपस्थित अधिकांशले तालिदिएर समर्थन जनााएका थिए । पोख्रेलको त्यो जवाफले अन्यौल बनायो । सेता प्लेटका सवारी चलाउने चालकले ब्लुबुक लाईसेन्स नविकरण गर्नुपर्दैन ।

तिनमा चढ्नेहरुलाई मात्रै हतार हुन्छ । सामान्य नागरीक जति हतार भएपनि छुट पाउँदैन । पद पोष्ट नभएकालाई प्रहरीले चिन्दैन । कार चढ्ने हैसियत भएकालाई मात्रै चिन्छ । यसै मार्फत प्रहरीले चिनेको मान्छेले जे गरेपनि हुन्छ र ? उ मान्छे होईन ? त्यसले कहिल्यै गल्ती गर्दैन ? सबै नागरीकलाई समान व्यवहार गर्नुपर्छ । सडकमा, फिल्डमा अन्याए गर्नुहुन्न । त्यो गर्नेहो भने प्रहरीको कमजोरी हुनेछ, त्यसकै फाइदा उठाई ठुला गल्ती गर्न सक्छन् । प्रहरी संग नजिक हुने, फोटा खिच्नेहरुले ठुला गल्ती गरेका छन् ।

मेरोकाम राजश्व उठाउने होईन बाद्यताले जरिवाना गरीरहेको छु भनेर टाफिक प्रमुख मदनबहादुर कुँवरले भन्नुहुन्छ । मैले वार्षिक तिन करोड बढि राजश्व संकलन गरेको छु । आफु चढ्ने गाडिको तेल भिख माग्दै हिड्छुु । केटाहरु आफ्नो तेल हालेर कुँद्छन् । आफ्नो मोवाईल खर्च गरेर मलाई रिपोर्टिङ गर्छन् । रक्सीको मात्रा कति भन्ने पत्ता लगाउन ब्रेथलाईजर छैन । एउटालाई एक लाख २५ हजार जति पर्छ ।

त्यो किनने उपाए छैन । राडार एउटा थियो त्यो ६ नम्बर प्रदेशमा गएपछि सकियो । यसरी सानातिना प्रविधि किन्न सकिएको छेन । अब स्थानिय सरकारले पनि टाफिकको सा्रेतसाधनमा नजर लगाउनुपर्छ । प्रहरी अझै शसक्त हुनुपर्छ । हामि नागरीकले टाफिक नियमको ख्याल गर्नुर्छ । हवलदार तुरन धामी नेतृत्वको टाफिक व्यवस्थापन अविस्मरणीय छ । धेरै कुरा सिक्न सकिन्छ ।

Facebook Comments