• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विविएस चौथो वर्षका विद्यार्थीको विदाइ




घोराही उपमहानगरपालीका वडा न १५ का अध्यक्ष रमेश कुमार पाण्डेले अबका चार वर्ष पछी पद्यमोदय क्याम्पसको आफ्नै भबन बनाई पठन पाठन अगाडि बढाउने प्रतिबद्यता जनाउनुभएको छ ।

पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थी समन्वय समितिको आयोजनामा विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीको विदाई कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । पद्यमोदय क्याम्पस अहीले सम्म भाडामा चलीरहेको र अबको चार वर्ष पछाडी क्याम्पसको आफ्नै भबन बनाउन पहल गर्ने प्रतिवद्यता जनाउनु भएको छ ।

पद्यमोदय क्याम्पसले अहीले सम्म विभिन्न सकारात्मक कार्य गर्दै आयको र आगामी दिनमा पनी यस्तै कामको अपेक्षा गर्दै विदाई भएर जाने विद्यार्थीलाई पनी उत्तर उत्तर प्रगतीको कामना गर्दै कार्यक्रममा विशिष्ट सिट आषन ग्रहण गर्दै विदाई मन्तव्य राख्नुभएको थियो ।

पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थी समन्वय समितीका अध्यक्ष नन्द कुमार खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालीका वडा न। १५ का अध्यक्ष रमेश कुमार पाण्डे, क्याम्पस प्रमुख निश्चल आचार्य, निवर्तमान क्याम्पस प्रमुख गोविन्द न्यौपाने, समन्वय समितीका अध्यक्ष नन्द कुमार खड्का, निवर्तमान समन्वय समितीका अध्यक्ष प्रेम वली, क्याम्पसका शिक्षक शिक्षिका, विभिन्न सञ्चार माध्यमका पत्रकारहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख निश्चल आचार्यले क्याम्पसका विभिन्न सकारात्मक पक्ष तथा नकारात्मक पक्षको बारेमा बोल्नु भएको थियो साथै क्याम्पस अहीले सम्म भाडाको भवनमा सञ्चालन भईरहेको र अबको केही वर्ष पछाडी आफ्नै भवन सहित जग्गाको व्यवस्थापनमा सहयोग गर्नका लागी वडा अध्यक्ष सँग अनुरोध गर्नभएको थियो ।

त्यस्तै क्याम्पसका शिक्षक तथा विद्यार्थीले क्याम्पस नियम तथा अनुसासन भन्दा बाहिर रहेर कुनै पनी क्रियाकलाप गरेमा क्याम्पस बाट निस्कासन समेत गर्न सकीने सम्बन्धमा र विदाई भयर जाने विद्यार्थीलाई थप सफलताको कामना गर्दै आफ्नो विदाई मन्तव्य राख्नु भएको थियो । क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख गोविन्द न्यौपानेले पनी क्याम्पस तथा विद्यार्थीको सफलताको कामना गर्दै आफ्नो विदाई मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न आफ्नो प्रतिभाहरु प्रस्तुत गरी कार्यक्रममालाई सङ्गीतमय बनाइका थिय । क्याम्पसका छात्र गगन वि सी को स्वाग मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समन्वय समितीका सचिव प्रतिक गोराथोकी र छात्रा आशा वलीले गर्नुभएको थियो ।

Facebook Comments