रुकुमपूर्व भूमे गाउँपालिकामा पहिलो पटक विद्युतिय घट्ट सञ्चालनमा लिएको छ । वडा नम्बर ६ महतमा एक कृषि समूहले विद्युतिय घट्ट सेवा लिएको हो ।
औजार सामाग्रीको लागि भूमे गाउँपालिका कृषि शाखाको ५० प्रतिशत अनुदान र कृषि समूहको ५० प्रतिशत लगानी रहेको छ । पालिकाको कृषि शाखाले कृषि समूह गठन गरिराखेको छ ।
उक्त समूहद्वारा समुदायमा कृषि सम्बन्धी समस्या रहेको कृषि शाखामा जनाए अनुसार कार्यालयबाट अनुदान प्रदान गरिराखेको छ । यस आर्थिक वर्षमा विद्युतिय घट्ट भूमे ६ महत र भूमे ३ क्याङ्सीका समूहले माग गरेका थिए । जस अनुसार क्याङ्सीमा निर्माण काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
विद्युतिय घट्ट ३ लाख बराबरको लागतमा बन्ने गरेको छ । एक समूहलाई १ लाख ५० हजार रुपयाँ अनुदानका पालिकाले दिएको छ । विद्युत् पर्याप्त भयो भने घट्ट चल्नमा सजिलो छ । पीस्ने ढुङ्गाको नै छ । त्यसलाई गुमाउनको लागि पङ्खा छ, विद्युत्को मोटरले गुमाइ दिन्छ । अनि घट्ट चल्छ ।
विद्युत् पर्याप्त भयो भने अरु माध्यमबाट सञ्चालनमा रहेका घट्ट भन्दा विद्युतिय घट्ट सजिलो रहेको पालिकाका कृषि शाखाका प्रमुख खिमबहादुर रोकायले बताउनुभयो । ‘पानी घट्ट जहाँ पायो त्यही ठाउँमा राख्न मिल्दै पानीको अनुकुलतामा घट्ट राख्नु पर्दछ र पहिरोको जोखिम हुन्छ त्यसैगरी मिलमा पीठो डढ्छ र पीठोको मिठास हुदैन्’ कृषि प्रमुख रोकायले भन्नुभो, ‘विद्युतिय घट्टमा आफू अनुकुलताको ठाउँमा राख्न सकिन्छ र जोखिम पूर्ण पनि हुदैन् र घट्टको पङ्खा गुमाउनलाई मोटर छ पीस्ने सामाग्री ढुङ्गाको नै छ र पीठो पानी घट्टको जस्तै बन्छ ।’
सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष रामसुर बुढा मगरले आफ्नो भनाई राख्नु हुँदै भन्नुभो आधुनिक प्रविधि भित्र्याउदै गरेका छौँ, नागरिकका काममा फाइदा र छिटोछरिटो हुने प्रविधि ल्याउने काममा पालिका अगाडि बडिराखेको बताउनुभयो । परम्परा पेसाबाट दिलो तथा दुःख पाउने अवस्थाका साथै मौसमी समस्यालाई हल गरिदिनुका लागि विद्युतिय घट्ट सञ्चालनमा अनुदान दिइएको अध्यक्ष बुढा भन्नुभयो ।
एक घण्टामा २० पाथी अर्थात १० लम्बर उक्त घट्टले पीठो पीस्ने गरेको समूहले जनाएको छ । १ सय ५० भन्दा बदि घरदूरी रहेको महत गाउँ समुन्द्रको सतह देखि १९ सय ३० मिटर उचाईमा रहेको छ । मतह गाउँमा खाने पानीको सानो मुहान रहेको छ तर घट्ट चलाउने पानीको मुहान छैन् स्थानीय सुवर्ण बिकले जानकारी दिनुभयो । यस अगि तीन चार घण्टाको बाटो हुँदै पीठो पीस्न जाने गर्दथ्यौ वर्षायाममा पहिरो, सर्प, जुक्का र पानी घट्टले दिलो पीस्ने भएकोले पालो पखिएर बस्नु पर्ने बाध्यता तथा समस्या अहिले तरेकोमा स्थानीय हर्षित छन् ।
फोटो: सुरेन्द्र राना मगर
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।