• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका तीन नेताविरुद्ध दुइ मुद्दा




दाङमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका तीन नेताविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दा दर्ता गरिदिएको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका ३ राम्रीबाट तीन नेतालाइ गिरफ्तार गरेको थियो ।

नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ तथा रोल्पा जिल्ला सदस्य लालबहादुर ओली ‘विश्व’ पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को राज्यबिरुद्धको कसुर (दफा ५)) र संगठित अपराध निवारण ऐन २०७० बमोजित जिल्ला अदालत दाङमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट पाँच दिनको थुना म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

Facebook Comments