नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक बर्षपछि सांगठनिक एकता टुंगो लगाएको छ ।
७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै नेकपाले सांगठनिक एकता टुंग्याएको हो ।
सको घोषणा बैशाख ९ गते प्रज्ञा भवनमा आयोजना गरिएको एकताको बार्षिकोत्सव तथा पार्टी स्थापना दिवसमा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पोलिटब्यूरो गठन र जनबस मोर्चाको टुंगो भने केही दिनपछि लाग्ने छ ।
एमाले र माओवादी केन्द्रबीच ४२ र ३५ जिल्ला भागवण्डा गर्ने सहमति भइसकेको छ ।
नेकपाको धारा २९ ले जिल्ला कमिटीको संख्या निर्धारण गरेको छ । भूगोलका जिल्ला कमिटी १२५ (प्रदेश कमिटीका सदस्यबाहेक) बनाउने र आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १० कादरले सदस्य थप्न सकिने प्रावधान छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।