• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षा क्षेत्रमा आमूल परिबर्तन हुन्छः शिक्षामन्त्री




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा आमुल परिबर्तन ल्याउने गरि सरकारले काम गरिरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति डडेल्धुराको प्राङ्गणमा आईतबार आयोजना गरिएको ५० औं साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्नुहुदै मन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।

घोषणा सभामा बोल्नुहुदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गरेर सरकार अघि बढीरहेको प्रष्ट पार्नुभयो । शिक्षा क्षेत्रलाई ब्याबसायिक,निजिकरण र कमाउधन्दाका रुपमा बिकास भईरहेको पाईएकाले यसलाई सरकारले पुर्णतया रोक्दै गुणस्तरयुक्त शिक्षा क्षेत्र निर्माणमा जुटेको उहाँको तर्क थियो ।

संविधानले नै स्थानीय तहलाई दिएको शिक्षा सम्बन्धी अधिकार केन्द्रले नखोस्ने बताउनुहुदै मन्त्री पोखरेलले—शिक्षा क्षेत्रमा सबैको सकारात्मक सोचको आबश्यकता खड्कीएको महसुस गर्नुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुले संघले स्थानीय तहमा आएको शिक्षाका अधिकार खोस्न लागेको गुनासो गरेपछि शिक्षामन्त्री पोखरेलले संघीयताको मर्मअनुसार कार्यान्वयनतर्फ आफू दृढभएर लाग्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले चिन्ता लिनुपर्देन मन्त्री पोखरेलले भन्नुभयो— संघीयतामा जान भूमिका खेलेको नाताले पनि संघीयता कार्यान्वयनमा म लाग्ने छु । स्थानीय तहमा आएको शिक्षाको अधिकार खोस्न संविधान अनुसार नै कुनै पनि हालतमा मिल्दैन । शिक्षक भर्ति गर्ने सबै अधिकार स्थानीय सरकारलाई दिन नसकिने जिकिर गर्नुहुदै मन्त्री पोखरेलले भन्नुभयो— खुलेयाम रुपमा शिक्षकहरु राजनिति गर्न थालेपछि त्यसकै फलस्वरुप शिक्षा क्षेत्रमा बिकृती आउन थालेको उहाँको आरोप छ ।

‘शिक्षक भर्तिको सबै अधिकार स्थानीय सरकारलाई संविधानले पनि दिएको छैन उहाँले भन्नुभयो— विगतमा हामीले खल्तीबाट जसलाई मनलाग्यो उसलाई शिक्षक बनाइदियौं त्यसले समस्या निम्त्यायो । अब त्यस्तो हुँदैन । गुणात्मक शिक्षाका लागि शिक्षक सेवा आयोगबाटै शिक्षक भर्ति गरिन्छ । शिक्षकसाथीहरुलाई लोकसेवामा प्रतिष्पर्धा गरि आफ्नो क्षमता प्रर्दशन गर्न समेत आग्रह गर्नुभयो ।

स्थायी शिक्षकहरुलाई गाउँपालिका र नगरपालिकाको मातहत समायोजन गर्ने गरि काम अघि बढीरहेको जानकारी समेत उहाँले दिनुभयो । दरबन्दी मिलान र शिक्षामा देखिएका कतिपय समस्याहरु मन्त्रीपरिषदमा लगेर पास गरिने दाबी समेत गर्नुभयो । एक लाख सात हजार स्थायी शिक्षकलाई पालिकातहमा छिट्टै पु¥याउँछौं मन्त्री पोखरेलको प्रतिबद्धता छ ।

शिक्षक मिलान गरेपछि पनि विषयगत शिक्षकको अभाव विद्यालयमा पर्ने भएकाले संघ र प्रदेश सरकार मिलेर समस्याको हल खोज्नुपर्नेमा उहाँको जोड थियो ।

विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर छन भने भर्ना गर्न स्थानीय तहलाई सक्रिय भएर अभियानका रुपमा अघि बढाउन समेत आग्रह गर्नुभयो । एउटा बच्चा स्कुल नआउनु भनेको पीडाको बिषय हो मन्त्री पोखरेलले भन्नुभयो— भौगोलिक विकटता, आर्थिक र साँस्कृतिक कारणले बालबालिका विद्यालय नआउने तथा नटिक्ने समस्याको स्थायी समाधान खोज्नुपर्ने बेला आएको छ । बालबालिकालाई विद्यालयमा भर्ना मात्रै होइन टिकाउनुप¥यो, सिकाउनुप¥यो मन्त्री पोखरेलको जोड थियो ।

मन्त्रालय शिक्षा विधेयक निर्माण गर्ने तयारीमा रहेको मन्त्री पोखरेलको भनाई थियो । केही नमूना विद्यालय केन्द्र सरकारले चलाउने योजनामा अघि बढेको स्पष्ट पार्नुभयो । डडेल्धुराको बागबजार वसपार्कबाट ¥याली निकाली जिल्ला समन्वय समिति डडेल्धुराको प्राङगणमा मन्त्री पोखरेलले साक्षरता जिल्ला घोषणा गर्नुभएको थियो ।

् डडेल्धुरा जिल्लाको सान, साक्षर जिल्ला हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ घोषणा भएको कार्यक्रममा प्रदेश सरकारका समाजिक बिकास समितिका सभापति माननिय सांसद कुन्ती जोशी,प्रतिपक्ष दलका सचेतक माननिय सांसद गोबिन्द बोहरा, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, शिक्षक महासंघका अध्यक्ष ताराप्रशाद जोशी,पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद र उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्ट लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकामा १५ देखि ६० बर्ष उमेर समुहको कुल जनसंख्या मध्ये ९५.७९ प्रतिशत जनसंख्या साक्षर भएको तंथ्याक जिल्ला शिक्षा बिकास समन्वय इकाई समिति डडेल्धुराले प्रस्तुत गरेको छ । पुर्ण साक्षर जिल्ला घोषणा गर्न १२ वटा सुचकहरु पुरा गर्नुपर्ने हुन्छ तर साक्षर घोषणको लागि कम्तिमा ७ ओटा सुंचकहरु पुरा भएपनि साक्षर जिल्ला घोषणा गर्न सकिने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख भट्टले जानकारी दिनुभएको छ ।

डडेल्धुरा जिल्लाका सात वटै स्थानिय तहको साक्षरता तंथ्याकमा आलिताल र गन्यापधुरा गाउँपालिकाको ९८.५१८ रहेको पाईएको छ भने सबैभन्दा कम परशुराम नगरपालिकामा ९५.०३७ रहेको छ ।

Facebook Comments