• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य संस्थामा भिटामिन ‘ए’को अभाव, अब स्वयंसेविका खोजेर खानुपर्ने




भिटामिन ए कार्यक्रममा छुटेकाले महिला स्वास्थ्य स्वयंसेविकालाई खोज्दै जानुपर्ने भएको छ । स्वास्थ्य संस्थामा पनि पाउने सम्भावना न्युन रहेको स्वाथ्य कार्यालय दाङले जानकारी दिएको छ ।

यसपटक थोरै संख्यामा आएकाले स्वास्थ्य संस्था रित्तीएको हुन सक्ने पोषण कार्यक्रम फोकल पर्सन एवं हेल्थ अशिष्टेन्ट कुन्दन ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार अघिलल कार्यक्रममा ७० हजारको संख्यामा आउथ्यो । यसपटक ६० जति आएकोले प्रशस्त नभएको बताउनुभयो । ५७ हजार चार सय ६८ जना बच्चालाई खुवाउने लक्ष्य राखिएको छ ।

पुगेको समयमा भिटामिन दिने स्वयंसेविका नभेटेपछि घोराही १४ का ढुण्डिराज बुढाथोकिले शनिवार गुणासो गर्नुभयो । łकोहि छैनन् आउने हुन कि होईनन् । हामि दश विस जना छम् । उहाँले यति भनेको लगतै स्यंसेविका आउनुभयो र वालमन्दिरमा जम्मा भएका सबैलाई भिटामिन ए खुवानुभयो । आईतवार देखि भने स्वयंसेविका खोज्दै जानुपर्ने भएको छ ।

पोषण सप्ताह अन्तर्गत दाङमा शुक्रवार र शनिवार भिटामिन ए, जुकाको औषधि र वालभिटा दिने कार्यक्रम थियो । केहि ठाउँमा वालभिटा न बाँडिएको आमाहरुले गुणासो गरेका छन् ।

हरेक ६ देखि ५९ महिना सम्मका बालवालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने र पोषणको लेखाजोखा गर्न पाखुराको नाम लिने, १२ देखि ५९ महिना सम्मका वालवालिकालाई जुकाको औषधि खुवाउने यदि हात्तीपाईले संग खाएको छ भने तिनलाई नखाुवाउने र ६ देखि २३ महिना सम्मका वालवालिकालाई बालभिटा वितरण गर्ने कार्यक्रमको लक्ष्य थियो ।

सबै स्वयंसेविकाले निश्ति गरीएको केन्द्रमा पुगि तोकिएको जिम्मेवारी पुरा गरेको महिला स्वास्थ्य स्वयंसेविका नगर अध्यक्ष विना खनालले जानकारी दिनुभयो ।

दुईदिने कार्यक्रम सकिएपनि अभियान जारी रहेको स्वाथ्य कार्यालयले जानकारी दिएको छ । łसप्ताह अँझै बाँकि छ । छुटेफुटेकाले खान त पाउने भए । जो उसले खोज्दै जानुपर्ने भयो फोकल पर्सन ठाकुरले भन्नुभयो, łपहिलाको जस्तो सेन्टरमा हुँदैन ।

उहाँका अनुसार खोजविन गर्दै जाने हो । यति कम आको थियो कि स्वयसेविकालाई दिनेजति मात्रै भयो । बर्षमा दुईपटक कार्तिकका दुई तिन र वैशाखको ६ र सात नियमीत जस्तै अभियान चल्छ ।
बचेको भिटामीन ए सुत्केरीलाई पनि दिईन्छ ।

फोकल पर्सन ठाकुरका अनुसार बढि बढि आउँदा दिने हुन्थ्यो । बच्थ्यो । दादुरा भएको भिटामीन कमि भएको बच्चालाई जुनसुकै बेला वितरण गर्न सकिन्थ्यो । अरु उपचारात्मक रुपमा प्रयोग गर्न सकिन्थ्यो । त्यसमा सक्षम भैन । हरके बच्चालाई पहेँलो फलफुल, आँप मेवा लगाएत खानदिनुपर्छ । राता फलफुल, साग सब्जी, पालुंगो गाँजर, मासु जन्य खानाहरु, विशेष गरी कलेजोमामा भिटामिन ए प्रशस्त मात्रामा हुन्छ ।

Facebook Comments