• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको ‘निर्णायक बैठक’ शुरु, यस्तो हुँदैछ सहमति




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णायक बैठक शुरु भएको छ । पार्टी एकतालाइ अन्तिम टुंगो लगाउने गरी सचिवालयको बैठक शुरु भएको हो ।

भोलि पार्टी स्थापना दिवसको अवसरमा एकता टुंगिएको घोषणा गर्ने तयारी छ ।

स्रोतका अनुसार नेताहरुबीच भएको सहमति बैठकले अनुमोदन गर्नेछ । जसअनुसार राजकीय, सांसद्, राजनीतिक नियुक्तिमा भएकाले पनि जिल्ला अध्यक्ष बन्न पाउने नीतिगत सहमति भएको छ ।
यो निर्णयसँगै कतिपय जिल्लामा जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्नेछन् ।

एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गर्ने सहमति भइसकेको छ । एमालेले पाउन जिल्लामा अधिकांश साविककै अध्यक्षलाई जिम्मेवारी दिने र माओवादी केन्द्रले पाएका ठाउँमा पनि त्यसैगरी एकता टुंग्याउने सहमति नेताहरूको बीचमा भएको छ ।

नेकपाको धारा २९ ले जिल्ला कमिटीको संख्या निर्धारण गरेको छ । भूगोलका जिल्ला कमिटी १२५ (प्रदेश कमिटीका सदस्यबाहेक) बनाउने र आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १० कादरले सदस्य थप्न सकिने प्रावधान छ ।

बैठकले पोलिटब्यूरो पनि गठन गर्नेछ । नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय भएकाले १५० सदस्यीय पोलिटब्युरो गठन गर्न सकिने छ । ५५ र ४५ प्रतिशत भागवण्डाको आधारमा पोलिट्ब्युरो टुंग्याउने सहमति भएको छ ।

बैठकले जिल्ला नेतृत्व, पोलिटब्यूरो र जनवर्गीय संगठन, भातृ संगठन, पेशागत मोर्चा र प्रवासका कमिटीहरु पनि टुंगो लगाउने छ ।

Facebook Comments