• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश राजधानीबारे प्रधानमन्त्रीले मुख खोले– बुटवल मात्रै प्रदेश होइन




प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ को राजधानी बुटवल नै बन्नुपर्छ भन्ने अडान सही नभएको बताउनुभएको छ ।

जीतगढीमा आयोजित कार्यक्रममा विपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँडले तत्काल बुटवल प्रदेश राजधानी तोक्न माग गरेपछि कार्यक्रमै जवाफ दिंदै प्रधानमन्त्री ओलीले बुटवल मात्रै प्रदेश हो भन्ने सोंच त्याग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री भन्दा अगाडि सम्बोधन गरेका खाँडले प्रदेश ५ को स्थायी राजधानी बुटवल उपयुक्त भएको भन्दै छिटो टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो । शेरबहादुर देउवा सरकारले बुटवललाई अस्थायी राजधानी तोके पनि अहिलेसम्म स्थायी राजधानीको टुंगो नलाग्दा असहज भएको उहाँको तर्क थियो ।

तर, प्रधानमन्त्री ओलीले खाँडलाई कडा जवाफ फर्काउँदै त्यस्तो असंभव रहेको बताउनुभयो । ‘मेरो अरु जस्तो जहाँ गयो त्यहीका लागि कुरा गर्ने आदत छैन, प्रदेश ५ भनेको बुटवल मात्र होइन बर्दिया, रोल्पा रुकुमसम्म छ, जुन ठाउँ सबैका लागि पायक पर्छ प्रदेशसभाले त्यही राजधानी तोक्छ ।’ नेकपा महासचिव विष्णु पौडेल भने यसबारे केही बोल्नुभएन ।

Facebook Comments