• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव निकट पत्रकारलाई राज्यविरूद्वकाे मुद्दा




जनपत्रकार संगठन,नेपालका काठमाण्डाैं संयाेजक जितेन्द्र महर्जनलाई सरकारले राज्य विरूद्वकाे कसुरमा मुद्वा चलाएकाे छ । चैत्र २८ गते पक्राउ परेका महर्जनलाई प्रहरीले राज्य विरूद्वकाे कसुर सम्बन्धि मुद्दा लगाएकाे हाे ।

नेपाल भाषाकाे पत्रिका `न्हूगु ज्वजलपा वा:पाै´ का प्रधानसम्पादक महर्जनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनकाे काठमाण्डाैं संयाेजक भएकै कारण चैत २८ गते प्रहरीले गिरफ्तार गरेको थियाे। गणतन्त्र अाएपछि पहिलाेपटक सरकारले पत्रकार विरूद्व राज्य विरूद्वकाे कसुर सम्बन्धि मुद्दा चलाएकाे हाे ।

समाचार संकलनकै शिलिशलामा हिडिरहेका बेला संयाेजक महर्जनलाई प्नहरीले काठमाडौं बाट पक्राउ गरेकाे थियाे ।

जनपत्रकार संगठन नेपालको पहलमा नेपाल पत्रकार महासंघले पत्रकार महर्जनकाे गिरफ्तारी गैरकानुनी भन्दै सर्वाेच्च अदालतमा दायर गरेकाे बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न बैशाख २ गते सरकारलाई आदेश समेत दिएको थियाे । भने यता जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति र उपत्यका क्षेत्रीय समन्वय समितिले समेत प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार पत्रकार तथा काठमाडौं जिल्ला संयोजक महर्जनलाई अबिलम्ब रिहाइको माग गर्दै रिहाइ नगरे अान्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पत्रकार महर्जनलाई सरकारले राजनीतिक अास्थाका कारण प्रतिसोध साध्ने उदेश्यले पक्राउ गरि राज्य विरुद्धको मुद्दा लगाईएको टिप्पणी गरेका छन । अध्यक्ष डुम्रेले गणतन्त्र प्राप्ति पछि समेत कम्युनिस्ट सरकारले पत्रकारलाई राज्य विरुद्धको मुद्दा लगाउनुले नेपालको मिडिया जगत कतिको सुरक्षित भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै सरकारको प्रेस बिरोधि नितिको भण्डाफोर गर्नुपर्ने बताए ।

जनपत्रकार संगठन हामीले बिधिवत दर्ता गरेका छौँ कानुनी प्रक्रिया पुरा गरी नेपालको प्रचलित कानुन र पत्रकार अाचार सहिंता अनुसार कलम चलाउदा समेत पत्रकार गिरफ्तारी हुनुले राज्य अालोचना सहन नसक्ने ठाउँमा पुगेको बताए । अाईतबार पत्रकार महर्जनकाे सर्वाेच्चमा सुनुवाई हुने छ ।नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि उक्त पार्टी निकट पत्रकारविरूद्व समेत सरकार अाक्रमक देखिएकाे छ ।

यसअघि जनपत्रकार संगठन,नेपाल कालिकाेट संयाेजक कर्ण विकलाई रेडियाे स्टेशनभित्रबाटै प्रहरीले गिरफतार गरेकाे थियाे भने व्यापक बिरोध पछि विक रिहाइ भएका थिए । गिरफ्तार पत्रकार महर्जन रिहाइका लागि नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फ्रिडम फोरम,राष्ट्रिय मानवअधिकार अायोग, लगाएत विभिन्न पत्रकार सम्बद्ध संग संगठनहरुले अावाज उठाएका छन् ।महर्जनका लागि बरिष्ठ अधिवक्ता एकराज भण्डारी,अधिवक्ता कपिलचन्द्र पोख्रेल,कान्ति ढुंगाना,चुडा बहादुर तिवारी लगायतले कानुनी सहयोग गरिरहेको संगठनका महासचिव हिम विष्टले जानकारी दिए ।

Facebook Comments