• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङबाट विप्लव नेकपाका दुइ केन्द्रीय सदस्य पक्राउ




दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुइ जना केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ दाङबाट पक्राउ परेको स्रोतले जनाएको छ ।

उहाँहरुसँगै नेकपा रोल्पाका जिल्ला नेता लालबहादुर ओली ‘विश्व’ पनि पक्राउ परेको स्रोतले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूलाई स्कारपियो गाडीसहित पक्राउ गरिएको हो । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम घर भएका ओली माओवादी आन्दोलनका पुराना नेता हुन् । लालबहादुर ओली पनि उनकै माइला भाइ हुन् । सल्यान निवासी असल जनयुद्धकालका जनमुक्ति सेनाका कमाण्डर हुन् । उनलाई केही समयअघि पनि राजधानीबाट पक्राउ गरेर रिहा गरेको थियो ।

Facebook Comments