• १७ आश्विन २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरसफाइ क्षेत्रमा कलम चलाउन थप प्रतिबद्ध बनेको छु




उपस्थितहरु भावुक मुद्रामा रहँदा रहँदै गत चैत ७ गते विहान मैले खुशि ग्रहण गरेकोे थिएँ । नेपाल पत्रकार महासंघ दाङ शाखाले łपार्वता आचार्य समृति स्वास्थ्य पत्रकारीता पुरस्कार २०७५ प्रदान गर्दै थियो । सहभागिहरु आधा भन्दा धेरैका आँखामा पिडाका आँशु छचल्किएका देखिन्थे ।

łसमयमा उपचार नपाएकै कारण कुनै पनि नागरीकको अकालमै मृत्यू नहोस् । कलम चलाउँदा यस तर्फ ध्यान दिनुहोला । तुलसीपुर उपमहानगरपालिका ६ का वसन्त आचार्यले भन्नुभयो । उहाँले आफ्रनी श्रीमति पार्वता आचार्यको नाममा एक लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । त्यसको व्याज बाट आउने रकम आठ हजार पाँच सय र प्रशंसा पत्रले सम्मानीत हुँदै थिएँ । समय अभाव वा आयोजकको कार्यक्रम सेडुलमा नपर्दा आफ्नो प्रतिकृया दिने मौका मिलेन । यसै आलेख मार्फत आचार्य परिवारलाई विश्वास दिलाउँछु, स्वास्थ्य र सरसफाइको क्षेत्रमै अलि बढि कलम दौडिएको महशुस गरेको छु । पिडा छाएको वातावरणमा सम्मान सहितको यहाँहरुको सुझावले थप शक्ति प्रदान गरेको छ ।

उहाँले अघिल्लो वर्ष शान्तिनगरमा फैलिएको झाडा पखाला प्रकोपको कुरा पनि कोट्याउनुभयो । सञ्चार माध्यममा व्यापक प्रचार भएपछि देशभरको ध्यानाकृष्ठ भएको याद गर्नुभयो । सर्ने रोगका बारेमा बेलैमा प्रचार गरेपछि ठुलो जोखिम हुन बाट बचाउन सकिएको सुनाउनुभयो । त्यस बेला उहाँ शान्तिनगर स्वास्थ्य चौकिमै कार्यरत हुनुहुन्थ्यो, अनुभुति बताउनुभयोे ।

सञ्चारको शक्तिमा परिचीत आचार्यले स्वास्थ्य क्षेत्रको गतिलो मुद्धा पुरस्कार मार्फत उठाउन खोज्नुभएको रहेछ । हरेक वर्ष एक जना पत्रकार सम्मान गरेर व्याख्याको बातावरण बनाउन खोज्नु भएको रहेछ । त्यो म बाटै शुरुवात गर्ने पत्रकार महासंघले मौका दियो । स्वास्थ्य र सरसफाइका कुनै पनि सवाललाई खेलाँची सम्झिने छैन । दिसा पिसावका कुरा लेख्नेलाई कमसल आँक्ने बौद्धिक समाजलाई बदल्न पुरस्कारले भुमिका खेल्ने छ । हरेक वर्षको सम्मानकै क्रमले कालान्तरमा धेरैलाई स्वाथ्य र सरसफाइको मुद्धामा केन्द्रित गराउने छ । केहि व्यक्तिले यसैलाई मियो बनाएर अहिले पनि लेख्दैछन् ।

आफ्ना अनुभवहरु सुर्नाइरहँदा आचार्य निकै भावुक हुनुहुन्थ्यो । जिवन संगीनीको स्मरण गर्दा जोकोहिलाई थामिन सजिलो छैन । बरु रोष्टममा उभिएर बोल्ने आँट गर्नुभयो त्यो नै ठुलो कुरा थियो । उहाँले शब्दमा भावना पोख्दा सहभागी श्रोताहरु धेरैका आँखा आँशुले डबक्क थिए । केहि पिल पिल गर्दै गाला सम्मै आँशुका डल्ला खसालीरहेका देखिन्थे । हल पुरै स्तब्ध थियो । ठुलै अनिष्टको सामना गरेको आभास दिन्थ्यो । त्यसो सम्मान कार्यक्रम मेरो अहिले सम्मको पहिलो हो । जहाँ रमाउने भन्दा रुने मान्छेहरु धेरै थिए ।

हर्षको दिन भएपनि भावुकता बढि थियो । मसानघाटमा मुर्दा जलीरहँदाको जस्तै निस्तब्धता दृश्य थियो । तर, असल मान्छेलाई विदाइ गरीरहेका थिएनौ वार्षिक पुण्यतिथिमा स्मरण गर्दै थियौँ । उहाँको स्मृतिले गम्भिर बनाईरहेको थियो । त्यसमा पनि मलाई पहिलो पुरस्कार दिएर दायित्व थपिदिनुभयो । अक्षयकोषका संस्थापक आचार्यले समयमै रोग पत्ता लागोस् उपचार पावस र त्यती नपाएकै कारणले कसैको ज्यान नजावस् । पार्वतिको गयो अरुको बचोस् भनेर जिम्मेवारी दिनभयो । पत्रकारीतको माध्यम बाट पुरा गर्नेछु ।

यो पुरस्कारको लागि योग्य थिएँ वा थिईन, छनौट गर्ने नेपाल पत्रकार महासंघको मापदण्डको सवाल हो । संघका अध्यक्ष सविन प्रियासनले केहिले दिनु हुन्न भन्ने खालको कुरा उठाएको सुनाउनुभयोे । त्यसो भए कसलाई दिने भन्ने प्रश्नको जवाफ नआएपछि दिएको उहाँको भनाई थियो । त्यसले मलाई थोरै अफ्ठेरो महशुस गरयो । मैले मागेको होईन । कसैलाई खुशि पारेर हात पारेको छैन । यस्तो पुरस्कार छ भन्ने समेत पनि मलाई थाहा थिएन । चित्त दुःखाउनेलाई फिर्ता दिन सकिन्थ्यो तर म हुँ भन्ने कोहि टक्रिएन ।

असहमति जनाउने पक्षले निर्णय गर्न रोक्नुपर्दथ्यो । अझै पुरस्कार फिर्ता दिनुपर्छ भनेपनि तयार छु । तर, कार्यक्रमको भावुक माहौलले मलाई निकै छोएको छ । मैले स्वाथ्य र सरसफाइका क्षेत्रमा सकेजति कलम चलाउने अठोट गरी सकेको छु, त्यो फिर्ता हुँदैन र गर्दैन । कार्यक्रमको छोटो अवधिले पटक पटक आत्मसमिक्षा गर्न वाद्य पारेको छ । इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्न सिकाएको छ । उहाँहरुलाई विश्वास दिलाउनु चाहान्छु, सामान्य रोगका कारण अकालमै ज्यान गुमाउनु नपरोस भनेर निरन्तर लागिरहनेछु ।

कार्यक्रममा विषय वस्तुको जानकारी गराउँदै नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष लिला शाहले महासंघले सरसफाइकै क्षेत्रमा काम गर्ने पत्रकार रोजेको जानकारी दिनुभयो । उहाँले शान्त, सन्नाटा र र शोकमा डुबेको जनमासलाई थोरै चलमलाउने बनाउनुभयो । पुरस्कार मार्फत पार्वता मेडमलाई सँधै हामि संगै राख्ने छौँ भनेर हौसला दिनुभयो ।

अल्पायुमा अकल्पनीय रुपमा गुमाउनु पर्दा आचार्य परिवारमा अरुलाइ जस्तै पिडा थियो । तर, उहाँहरु संग मुद्धा थियो । सरकारी स्वास्थ्य संस्थाले गर्ने लापर्वाहि, ढिला सुस्तीले ज्यान गुमाएको भन्ने उहाँहरुमा परेको थियो । त्यसकै कारणले हुने क्षति न्युनिकरण गर्नुपर्छ भन्ने विचार स्थापीत गर्नखोज्नुभयो ।

वर्षमा एक पटक भएपनि हाम्रा सरकारी स्वास्थ्य संस्थाहरु र त्यहाँका सेवाहरु स्मरण गराउन सफल रहनुभयो । जिउँदाहरुको उन्नतिका लागि मुद्धा छोडेर मृत्यूहुनेहरु थोरै हुन्छन् । त्यसलाई स्थापित गर्नेहरु अझ न्युन छन् त्यसमा आचार्य परिवार देखियो । अहिले मात्रै होईन लामो समय सम्म सरकारी अस्पतालका लापर्वाहि ढिला सुस्ती खोतल्न पत्रकारहरुलाई उक्साई रहने छ । त्यसले समाजको भलो हुने छ ।

कार्यक्रम चलिरहँदा मेरो दिमागमा धेरै कुरा खेलिरहेका थिए । आचर्यका आफन्तजनका आँशुहरुको अर्थ केलाईरहेको थिएँ । आँशुका डल्लाहरुमा खस्ने शब्दहरु मेरा लागि भावुक बनाउन सफल थिए । पिडा सबैमा हुन्छ अभिव्यक्त गर्ने शैलि फरक पर्छ । सम्झना सबैले गर्छन् देखाउने उपाए अनेकौँ छन् । कम्तीमा हरेक वर्ष एक जनाले सम्मान पाउँदा बषौँ सम्म धेरैले आचार्य परिवार प्रती कृतज्ञता टक्रयाउने छन् । जनश्वास्थ्यको सवालमा अझ बढि सजकताका साथ कलम चलाउने अठोट व्यक्त गर्ने छन्, मैले त्यसै गरेँ । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक मेयर श्याम डाँगिले परिवार जनप्रति सम्मान व्यक्त गर्नुभएको थियो । पिडामा साथ दिने धेरै रहेको सजिलै बुझ्न सकिन्थ्यो ।

संयोगले भेरी गंगा नगरपालिका सुर्खेतका उपमेयर रणु आचार्य कार्यक्रममा सहभागि हुनुभयो । भावुक शब्दहरु मार्फत भाउजु पार्वताको स्मरण गर्नुभयो । उहाँ बोलिरहँदा हलमा झन् धेरै पिडा फैलियो । भाउजु गुमाउदाको पिडा कल्पना पनि गर्न सकिन्न भन्नुभयो, अनि त ठुलो मन भएकाहरुले पनि आँखा रसिला बनाए । सबैका आँखामा पार्वति हुनुहुन्थ्यो ।

रचनात्मक ढंगले स्मृति दिवस मनाउने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ का उपाध्यक्ष विपुल पोख्रेलले आचार्य परिवार प्रति सम्मान प्रकट गर्नुभएको थियो । उहाँका अनुसार अनन्तकाल चर्चा हुने माध्यम हो । यदी अक्षयकोष स्थापना नगरेको भए सम्झना परिवारमा सिमित हुन्थ्यो । एक पुस्ता सम्म जिवित रहन्थ्यो । कोष स्थापना गरेपछि भावि पिढिले स्मरण गर्छ । त्यस संगै केहि निती नियमको पनि उपाध्यक्ष पोखे्रलले चर्चा गर्नुभयो । उहाँका अनुसार नेपालको स्वाथ्य क्षेत्रमा जबरर्जस्त निजीकरणमा प्रवेश गर्दा पाएको दुःख को एउटा प्रमाण पार्वताको मृत्यू हो । सुलभ स्वाथ्य सेवामा असहजता, बञ्चीतिकरण छ । नारा छ, सेवा छैन । सुलभ स्वाथ्य सेवाका लागि पत्रकारहरुले महाअभियान चलाउनुपर्ने छ ।

स्वास्थ्य सेवा नैसर्गिक अधिकारको सर्वसाधारण सम्म स्थापित गर्नुपर्छ । सबैले सुलभ सेवा नपाउँदा सम्म कलम दौडाईरहनुपर्छ । उहाँले बोलिरहँदा मैले मन मनै गमिरहेको थिएँ, नागरीकलाई दुःख दिने निति नियम विरुद्ध कलम चलाउनुपर्छ । नागरीकका सवालमा वास्ता नगर्ने शासकहरुलाई अक्षरले घोच्नुपर्छ । सरकारको हतियारले डराएका सामान्य नागरीकको पक्षमा कलमले मनोवल बढाईदिनुपर्छ । राज्य बाट हुने मानवअधिकार उल्लंघन र अरुबाट गरीने हिंसाबाट जोगाउनुलाई कर्तव्य ठान्नुपर्छ । यहि दायित्व पुरा गनृ बलियो राज्यशक्ति तर्फ होईन कमजोर नागरीकका पक्षमा उभिनुपर्छ । यस्तै भावनाका छालहरु उर्लीरहे ।

कार्यक्रमका अध्यक्ष नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले ३०/३५ वटा पुरस्कार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, समाजमा छवि बनाएका, स्थापितले मात्रै अक्षयकोष स्थापना गर्दाछौँ । यसले पत्रकारीतालाई विषयगत बनाउन सहयोग गरेको छ । क्षमताका आधारमा दिएका छौँ ।

आश्थाका आधारमा होईन भनेर थप गौरब महशुस गराउनुभयो । सञ्चालनका क्रममा नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्रप्रकास ओलीले समाज सेवा पदक २०७१ ले विभुषित भएको प्रसंग कोट्याईदिनुभयो । यसरी थप जिम्मेवारी बोध बनाएको छ । सरसफाइको क्षेत्रमा थप गतिशिल बनाउने छ । सरसफाइको क्षेत्रमै कलम चलाउँछु वसन्त सर, आचार्य परिवार ढुक्क हुनुस् ।

Facebook Comments