• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाह क्या सुन्दरः दुर्गमको गाउँपालिका परिसरमा यस्तो बन्दैछ बगैचा




रुकुमपूर्वको भूमे गाउँपालिकाले पालिकामा दैनिक काममा आउने सेवाग्राहीका लागि आराम दिन सुन्दर बगैचा बनाउँदैछ ।

कार्यालय कक्षमा गाउँपालिकाको परिचय दिने भूमेका भेषभुषा तथा कला सँस्कृति झल्किएका सुन्दर तस्बिरले सजाइएको छ । पालिकाको अहिले आफ्नै सभा हल सहितको दुई ओटा भवन निर्माण गरेको छ । भूमे गाउँपालिकाले छोटै समयमा आफ्नै भवन बनायो साथसाथै त्यसको व्यवस्थापन पनि नमुना गर्न लागेको छ ।

आरामदायिक बस्ने सहितको कार्यक्रम सञ्चालनको लागि स्टेज तथा आगन्तुकसँग भेटवार्ता गर्नुका साथै गाउँपालिकाको परिचय व्यक्त गर्ने खालको बगैँचाको निर्माण काम सुरु गरेको छ । उक्त बगैँचाको लागि नगत १५ लाख ६८ हजार २ सय ५८ रुपयाँ र श्रमदान ३ लाख ९२ हजार ६४ रुपयाँ गरी जम्मा १९ लाख ६० हजार ३ सय २३ रुपयाँ लागतमा बन्न लागेको छ ।

यस बगैँचाको स्टेमिट आर्किटेक्ट अजय बुढा मगरले गर्नुभएको छ । उहाँका अनुसार ३७ फिट वर्ग क्षेत्रफल रहेकोमा लम्बाई ४५ फिट र चौडाई २८ फिटको रहेको बताउनुभयो ।

‘मौसमी अनुसारका चारै कुनामा सदाबर फूल एकै खालका लगाइने र स्टेजको वरिपरि पतझर फलफूल रूख लगाइने छ ।’ आर्किटेक्ट बुढाले भन्नुभो, ‘जाडो मौसममा पात जर्ने र गर्मीमा पात पलाउने मौसमी खालको बगैँचामा बस्दा घाम र सितल मौसमी बसाई हुनेगरी स्टेमिट तयार गरेको छु ।’

बगैँचा सुव्यवस्थित तवरले निर्माण गरिँदै छ । स्टेजमा कार्यक्रम गर्नुका साथै डिजिटलबाट पालिकाको नाम आउने, प्रोजेक्टर मार्फत बैठक समेत गर्ने सकिने भएको हो । स्टेजको ठाउँमा तीन ओटा झण्डा राखिने छ । जसमा सदाबर राष्ट्रिय झण्डा राखिने र कुनै विशिष्ट व्यक्तिको आगमन भएमा वा दुई पक्षीय भेटवार्ता हुदा आ–आफ्ना झण्डा राखिने छ ।

बालबालिका, वृद्धवृद्धा, अपाङ्ग सबैलाई अनुकुल वातावरण मिल्ने छ । बगैँचा चारकुनेको निर्माण गरिँदै छ । बगैँचा लगभग ५ फिट गहीरोमा बन्ने छ । बस्दा हावाले प्रवाभ नपर्नेगरी निर्माण गरिँदै छ । चारकुने मध्यमा आवट–जावटको लागि तीन ठाउँमा सिढी राखिने भएको छ । भने एक ठाउँमा बालबालिका, वृद्धवृद्धा, अपाङ्गका लागि बाटो तय गरिने छ । बगैँचा भित्रको भागमा बाह्रै महिना हुने दुबो लगाइने छ । बगैँचाको बाहिरी चारै तिर मेसिनबाट तयार गरिएको ढुङ्गा बिछ्याइने छ । जसले गर्दा सरसफाई गर्दा सजिलो हुनुका साथै आकर्षण देखिने छ ।

बगैँचासँग–सँगै सेवा ग्राहीका लागि स्तनपान कक्ष, सूचना तथा सोधपुच कक्ष, प्रतीक्षा (वइटिङ) कक्ष, शैचालय लगायतको व्यवस्थापनको लागि एउटा भवन निर्माण गरिने भएको छ । यसको साथै कार्य सम्पादनको लागि अरु भवन पनि अपुग रहेकोले अर्काे एउटा ८ कोठाको भवन निर्माण काम भइराखिको छ ।

२६ कोठाका दुई भवनबाट गाउँपालिकावासीले सेवा लिइरहेका छन् । ‘दुई वर्षअघि चौरमा कार्यालय उद्घाटन गरेर काम सुरु गरेका थियौं ।’ ‘अहिले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छौं’ प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले सुनाउनुभयो । स्थानीय सरकार भइसकेपछि सामान्य व्यवस्थापनमा काम गर्दा कठिन मात्रै नभएर सेवा प्रवाहमा समेत समस्या पर्न थालेपछि आफ्नै भवन निर्माण गर्ने निर्णय कार्यपालिकाले गरेको थियो । सोही निर्णयअनुसार केन्द्र तोकिएको खाबाङबगरमा गाउँपालिकाले भवन बनायो ।

सबै क्षेत्रबाट गाउँपालिकाबासीमा सेवा प्रवाहमा समस्या नहोस्् र गाउँपालिका मातहत रहेका शाखा तथा इकाईको कामकाज चुस्त हुनुका साथै कार्य सम्पादनमा सहज पुग्ने अध्यक्ष रामसुर बुढा मगरले भनाई राख्नुभयो ।

Facebook Comments