• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा पोषण सप्ताहः बैशाख ६ र ७ गते भिटामिन ‘ए’




पोषणको क्षेत्रमा काम गर्ने सरोकारवाला सग छलफल गरेर स्वास्थ्य कार्यालय दाङले बुधवार पोषण सप्ताह शुरु गरेको छ । त्यस अन्तर्गत शुक्रवार र शनिवार भिटामिन ए क्याप्सुल वितरण गरीने भएको छ ।

जन्मेको ६ महिना देखि पाँच वर्ष सम्मका वालवालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने छ । एक वर्ष देखि पाँच बर्षसम्मका वालवालिकालाई निशुल्क जुकाको औषधि खुवाईने छ । तर, हात्तीपाईलेको औषधि खाँदा जुकाको औषधि खाएकालाई भने यसपटक दिईने छैन । बच्चाका पाखुराको नाप लिईने छ र बालभिटा पनि वितरण गरीने छ । त्यस संगै थप तिनदिन सम्म अभियान चल्ने छ ।

यसरी भिटामिन ए खुवाउनु अघि दुईदिन र खुवाईसकेपछि तिनदिन सम्म अभियान चलाईने स्वास्थ्य कार्यालयका पोषण कार्यक्रम फोकल पर्सन एवं हेल्थ अशिष्टेन्ट कुन्दन ठाकुरले जानकारी दिनुभयो ।

उहाँले जन्मेदेखि २४ महिना सम्म मासिक तौल लिनुपर्नेमा दाङमा दुईतिन पटक मात्रै लिने कमजोर पक्ष रहेको बताउनुभयो । दुई वर्ष भित्र बच्चाको ८० प्रतिशत मानसिक विकास हुने त्यसै बेला वच्चा कुपोषणमा पार्ने खतरा रहेको बताउनुभयो । त्यसबाट बचाउन ६ महिना सम्म अनिवार्य वच्चाले आमाको दुध खान पाउनुपर्छ । छोरीलाई पाँच महिनामै पाश्नी गर्ने विभेदकारी चलनले महिलामा उचित क्षमता हासिल गर्न नसकेको ठाकुरले बताउनुभयो ।

यसैगरी भिटामिन ए पनि ८० प्रतिशतले मात्रै खुवाउने गरको तथ्याङक छ । यसैगरी कडा शिघ्रकुपोषण भएका बच्चाहरु सुधार भएका ३३ प्रतिशत मात्रै छन् । सम्पर्कमा आएकाहरु मध्य ४५ प्रतिशतले निरन्तरता नदिई हराउने गरेका छन् । गर्भको जाँच गराउने ७५ प्रतिशत पुगेका छन् । आईरन चक्की खानेहरुको संख्या झन् न्युन छ । राष्ट्रिय तथ्यांकले ९२ प्रतिशत देखाएपनि दाङमा ८२ प्रतिशत भन्दा बढिले भिटामिन ए नखाएको ठाकुरले बताउनुभयो ।

त्यसमा ६ देखि ५९ महिना सम्मका भिटामिन ए खुवाईने ५७ हजार चार सय ६८ जना, १२ देखि ५९ महिनाका जुकाको औषधि खाने ५० हजार पाँच सय ३२ जना, ६ देखि ५९ महिना सम्मका सबै वालवालिकाको पोषण लेखाजोखा गर्नपाखुराको नाप लिने लक्ष्य रहेको ठाकुरले जानकारी दिनुभयो । बालभिटा ६ देखि २३ महिना सम्मका सबै, वालवालिकालाई खुवाईने छ । सप्ताह अवधिभर लक्ष्य पुरा गर्न सहयोगका लागि सरोकारवालामा आग्रह गर्नुभएको छ ।

अभियानकालागि २४ जना स्वास्थ्यकर्मीलाई जिल्ला स्तरको, तिन सय ४८ जना स्वाथ्यकर्मिलाई प्रशिक्षक प्रशिक्षण र नौ सय १८ महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिईएको फोकलपर्सन ठाकुरले बताउनुभयो । सञ्चार माध्यम लगाएत सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

एक दुई चमच लिटो तथा जाउलोमा वालभिटा मिसाएर खुवाउन आमाहरुले झन्जट मान्ने गरेको सुआहारका सव अफिसर लिलबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार झोलिलो र ठुलो मात्राको खानामा मिसाउन हुँदैन । बालभिटा गन्ध, स्वाद र रंग विहिन हुन्छ । जुन खानामा मिसाएपनि मिल्छ । यसले १५ वटा पौष्टीक तत्व दिन्छ । बालवालिकाको मानसिक विकासको लक्ष्य छ । वच्चाले दुई वर्ष भित्र ८० प्रतिशत मानसीक विकास गर्छन् । हात्ती पाईले औषधि खान्न भन्नेलाई अहिले खोजी खोजी खाने अबस्था सिर्जना भए जस्तै माहौल बनाउनुपर्ने नेपाल परिवार नियोजन संघ घोराही शाखा प्रवन्धक वसन्त खनालले बताउनुभयो ।

मुख बाट जुका निकाल्ने, दिसा गर्दा जुकाका लरा खस्न नसकेर जुका निकाल्न स्वाथ्यसंस्था जानुपर्ने अवस्था अन्त भएको घोराही उपमहानगरपालिकाका सिअहेव ठाकुर खनालले बताउनुभयो । सरकारले निशुल्क रुपमा वितरण गर्न ल्याएका अभियानमा सकृयता देखाई सबै रोगबाट मुक्त हुन आग्रह गर्नुभयो । घोराहीले अभियानको सबै तयारी पुरा गरेको बताउनुभयो । स्वयंसेविका मार्फत भिटामिन ए, जुकाको औषधी, वालभिटा र पाखुरा जाँच गराईने छ ।

कार्यलय प्रमुख केशवराज पन्डितले वालमृत्यु घटाउन, शिघ्रकडा कुपोषणबाट बचाउन र पोषण कार्यक्रममा सुधार ल्याउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहेका पण्डितले मानसीक विकास हुने क्रममा व्यवास्थ ागर्ने ठुलो भएपछि अनेकौ उपाए खोज्ने भुल नगर्न आग्रह गर्नुभयो । पोषण सप्ताहको अवधिमा आफ्नो र छरछिमेकको बच्चा छुट्न नदिन आव्हान गर्नुभयो । छलफलमा जिल्ला समन्वय समितिका निमित्त प्रमुख जीवराज शर्मा, रेडक्रसका प्रकाश श्रीवन्द लगाएतले भाग लिनुभएको थियो ।

Facebook Comments