• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेको अध्ययन भ्रमण टोली दाङमाः बन्दको सदुपयोग गर्दै बाटोमै समीक्षा




नेपाल बन्दका कारण बाहिर सडक सुनसान थियो तर भित्र हलमा गरमागरमी बहस चल्दै थियो । कसरी बनाउन सकिन्छ दुर्गमलाई नमूना ? शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ ? यिनै बिषयमा बहस चल्दै थियो । छलफलमा सहभागी सबै एउटै गाउँपालिकाका थिए तर उनीहरु धेरै टाढा रुकुमपूर्वको भूमेबाट आएका ।

विभिन्न जिल्लामा रहेका शिक्षा, कृषि र पर्यटन क्षेत्रका नमूना कामको अवलोकन भ्रमणमा निस्केका भूमेका ६७ जना सरोकारवाला बिहीवार घोराहीको एउटा हलमा उपस्थित थिए । एक हप्ता लामो अध्ययन भ्रमणबाट फर्कदै गर्दा घोराही पुगेपछि बन्दमा परेकाले उनीहरुले यस्तै समीक्षात्मक प्रशिक्षण चलाए । विहान ११ बजेखि अपरान्ह ४ बजेसम्म चलेको छलफलमा सहभागी निकै उर्जाशील देखिन्थे ।

रुकुमपूर्वमा नमूना पालिका बनाउने योजनासहित अघि बढेको भूमेले विभिन्न क्रियाकलाप गर्दै आएको छ । जसअनुसार ‘अरुबाट सिक्ने’ कार्यक्रमन्तर्गत भूमेले बार्षिक बजेटमै एक साता लामो एकीकृत अध्ययन भ्रमण कार्यक्रम मिलाएको थियो । मध्यपहाडी लोकमार्गबाट डोल्पा–पोखरा–लमजुङ–चितवन–बुटवलहुँदै दाङ पुगेर उनीहरुले समीक्षा गरे ।

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले भन्नुभयो– ‘हामीले जति सपना देखेका छौं, हिजो लामो राजनीतिक आन्दोलनमा जति बलिदान गरेका छौं, आज हामीलाई त्यो पूरा गर्न निकै हतार छ र समय निकै छोटो छ ।’ आफूहरु निर्वाचित भएलगत्तै भूमेमा समृद्धिको सपना देखिएको उल्लेख गर्दै उहाँले गत आर्थिक बर्षमै पाँच बर्षमा गरिने कामको सूचि तयार पारिसकेले अब त्यसको कार्यान्वायन मात्रै गरे धेरै अगाडि बढ्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा पशुपालनबाट गणेश रोका मगर, कृषिबाट मनकुमारी पुन, धनिमान बुढा र दलपति पुन, होटल ब्यवसायी कमल बुढा मगर, शिक्षकबाट शेरबहादुर खड्का, कमला बुढा मगर र चिन्तामणि गौतम तथा विव्यसको तर्फबाट जोखबहादुर पुनले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन पालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख डायमण्ड पुनले गर्नुभएको थियो ।

एक हप्ता लामो अध्ययन भ्रमण सिध्याएर टोली बन्द सकिएलगत्तै बिहीवार नै आफ्नो जिल्लातिर लागेको छ ।

Facebook Comments