• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाका सहिद तथा बेपत्ता परिवारलाई निशुल्क जस्ता वितरण




रोल्पाका सहिद तथा वेपत्ता परिवारलाई निशुल्क जस्तापाता वितरण गरिएको छ । उर्जामन्त्री बर्षमान पुनले पाँचवर्षभित्रमा रोल्पामा रहेका १४ हजार फुसको छानो फेरिने बताउँदै त्यसको शुरुवात सहिद तथा बेपत्ता नागरिकका परवारबाट गरिएको बताउनुभयो ।

चुनावका क्रममा गरिएको प्रतिवद्धता पाँचवर्षसम्म पुरा हुने आश्वासन दिँदै मन्त्री पुनले समृद्ध रोल्पा र सुखी रोल्पालीको चाहना पुरा गर्न सबैको सकारात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

रोल्पा नगरपालिकाको ब्यवस्थापनमा नगरपालिकाको कार्यालय प्राङगणमा आयोजित कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको हातबाट जस्तापाता बुझ्नका लागि भनेर नगरपालिका भित्रका मात्रै नभई लुँग्रीगाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका , सुनिल स्मृति गाउँपालिका, गंगादेव गाउँपालिका लगायत अन्य स्थानीय तहका सहिद एवम बेपत्ता परिवारको जमघट रहेको थियो ।

समृद्ध रोल्पा फाउण्डेसन रोल्पाद्वारा आयोजित कार्यक्रममा मन्त्री पुनले तीनसय ६९ जना सहिद तथा बेपत्ता परिवारलाई जस्तापाता वितरण भएको घोषणा गर्नुभयो ।

जिल्लाको सुलिचौर, होलेरी, घर्तीगाउँ, लिबाङ र पुतलाखोलाबाट वितरण गरिनेछ । फुसको छानोलाई विस्थापित गर्ने मन्त्री वर्षमान पुनको चुनावी अभियानलाई सफल पार्न फाउण्डेसनमार्फत् सहयोग संकलन गरिएको अध्यक्ष ओनसरी घर्तीले बताउनुभयो ।

जसका लागि नारायणी स्टिलले ५० लाख र बलेडी हाइड्रोपावरले ५० लाख सहयोग गरेका छन् । त्यस्तै विभिन्न दाताहरुको सहयोगबाट दशलाख संकलन भएको घर्तीको भनाइ छ । फुसको छानो भएका सहिद तथा बेपत्ता परिवारलाई एकैपटक जस्तापाता पुरा गरिएको फाउण्डेसनका सचिव जीवन रोकाले बताउनुभयो ।

Facebook Comments