• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा दुई एफएम रेडियो सञ्चालनको तयारीमा




रुकुमपूर्वमा दुई एफएम रेडियो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

रेडियो पूर्वी एफएम र रेडियो रुक्मिणी एफएम नामकका दुई रेडियोको निर्माण काम भइराखेको छ । पूर्वी रुकुम बहुउद्देश्यीय समाज विकास केन्द्र संस्था र जिल्लाका तीन स्थानीय तहको साझेदारीमा रेडियो पूर्वी एफएम सञ्चालन हुनलागेकोे हो ।

निर्माण कामको लागि भूमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाले २०/२० लाख रकम र संस्थाको २० लाख रकम गरी ८० लाख रकममा उक्त रेडियो निर्माण हुनेभएको संस्थाका उपाध्यक्ष शालिन पुनले जानकारी दिनुभयो । ७० प्रतिशत काम पूरा भएकोमा स्टुडियो निर्माण, आवश्यक सबै सामान खरिद गरिसकिएको र बाँकी काम तावर निर्माण र व्यवस्थापन गर्ने रहेको पुनले उल्लेख गर्नुभयो ।

रुकुमपूर्वमा कुनै पनि मिडिया नभएपछि नागरिकबाट मिडिया स्थापना गर्नुपर्ने सुझाव आएपछि तीन गाउँपालिका र संस्थाको साझेदारीमा रेडियो निर्माण काम भइराखेको रेडियो निर्माणका निर्देशन समितिका संयोजक तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो । ‘हरेक विकासका गतिविधि जानकारी तथा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी नागरिकमा सन्देश दिनेमा मुख्या उद्देश्य राखेको छ ।’

त्यसैगरि रेडियो रुक्मिणी एफएम जनचेतनाका लागि सामुदायिक रुक्मिणी सञ्चार केन्द्र संस्थाद्वारा सञ्चालित हुनेभएको छ । भिजन कृषि सहकारी संस्थाको केहि लगानी रहेको र तीन गाउँपालिकालाई ५÷५ लाख रकम अनुदान माग गरिएको बताइएको छ । उक्त रेडियो निर्माणको काम ६० लाख रकममा बन्नेभएको हो ।
दुई एफएम रेडियोको नै एक हजार वाट सुन्ने क्षमता रहेका छन् । रेडियो पूर्वी एफएमको फ्रिक्वान्सी १०३.२ मेगाहर्ज र रेडियो रुक्मिणी एफएमको फ्रिक्वान्सी ९२.२ मेगाहर्ज रहेका हुन् । दुबै एफएम निर्माण कार्य समितिले बैशाख महिना भित्रमा प्रसारण गर्ने जानकारी दिएको छ ।

रेडियो पूर्वीको स्टुडियो सिस्ने ५ टाकुरा र रेडियो रुक्मिणीको स्टुडियो सिस्ने ६ छिप्रीदहमा रहेको छ । रुकुमपूर्वमा कुनै पनि मिडिया स्थापना भएका छैनन । उक्त दुई रेडियो प्रसारण हुन लागेकोमा स्थानीय हर्षित छन् ।

Facebook Comments