• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
७७ औं जिल्ला रुकुमपूर्वमा पहिलोपटक कालोपत्रे शुरु




रुकुमपूर्वमा पहिलो पटक सडक कालोपत्रे गरिँदै छ ।

भूमे गाउँपालिका ३ किमुबोट देखि भूमे १ तुपुबाङखोला सम्म १६ किलोमिटर सडक खण्डमा कालोपत्रेको काम धमाधम भइराखेको छ । उक्त सडक मध्यपहाडी लोकमार्ग तथा राष्ट्रिय गौरवको आयोजना हो ।

जिल्लामा पहिलो पटक कालोपत्रे गर्न सफल भएको चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन कम्पनी रहेको छ । अरु सडक खण्डका जिमेवार कम्पनीले कालोपत्रेको लागि वेसको काम गरिराखेका छन् ।

नालीसहित सडकलाई फराकिलो बनाएपछि कालोपत्रे गर्न सुरु गरिएको ठेकेदार कम्पनी चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सनका इञ्चार्ज विष्णुबहादुर राउतले बताउनुभयो । ‘यस ठाउँमा वर्षमा निरन्तर काम भनेको मात्र चार महिना सञ्चालन हुन्छ’ उहाँले भन्नुभो, ‘बाँकी महिनामा वर्षायाममा पानी र हिउँदोयाममा हिउँ तथा चिसो अत्यादिक हुनेभएको कारणले काम रोकिन्छ ।’

त्यसैले अहिले कालोपत्रेको कामलाई नरोकिवस् भनि राती अनि दिउँसो काम गरिराखेको इञ्चार्ज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार यही बैशाख १ गते देखि पहिलो चरण (प्रायमकोट) को कालोपत्रे सुरु गरिएकोमा असार मसान्त भित्रमै कालोपत्रे काम गरिसक्ने दाबी गर्नुभयो ।

यातायात सञ्चालनमा अवरोध नपुगोस् भनेर एकपटकमा सडकको एक साइडमा मात्रै कालोपत्रे बिच्छ्याइदैछ । बाँकी अर्काे साइडमा भने यातायातका साधन सञ्चालन भइरहेका छन् । यस सडक खण्डको लागि २८ करोड रुपैयाँ बजेट विनियोजन रहेको बताइएको छ । सात मिटर चौडा कायम गरेर सडक कालोपत्रे गरिराखेको छ । उक्त कम्पनीले एक वर्षसम्म सर्वे काम गरेको थियो भने कालोपत्रेको लागि तयारी वेस दुई वर्षमै काम पूरा गरेको हो । १६ किमि सडक खण्डमा भूमे ३ किमुबोट, भूमे २ खाबाङ बगर, सैपातुङ, काँक्री र भूमे १ लुकुम ठाउँ पर्दछन् ।
मध्यपहाडी लोकमार्ग रुकुमपूर्व र पश्चिम गरी १ सय २३.५ किमि लामो रहेको छ । यी दुई जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग ८ खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइराखेको छ । सडक पिच भइसकेपछि सर्वसाधरणमा समय र पैसाको बचत हुनुका साथै व्यापार व्यवसायमा सहज पुग्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

Facebook Comments