• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही नगर विकास समितिको अध्यक्षमा चौधरीको पद बहाली




नगर विकास समिति घोराहीको अध्यक्षको जिम्मेवारी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सम्हाल्नुभएको छ । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ को दफा १० नगर विकास ऐन २०४५ मा संशोधन अनुसार २०७५ चैत्र १२ गतेको शहरी विकास मन्त्रालय सचिब स्तरको निर्णय अनुसार स्थानिय तहमा रहेको नगर विकास समितिको अध्यक्षमा सम्बन्धित तह प्रमुख हुने व्यवस्था अनुसार नगर प्रमुख चौधरीले समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो ।

समितिका निबर्तमान अध्यक्ष बसन्तकुमार चौधरीले नवनियुक्त अध्यक्ष नरुलाल चौधरीलाई बधाई दिदै पद हस्तान्तरणको घोषणा गर्नुभयो । अब नगर विकास समितिको सदस्य सचिबमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था रहेको छ ।

साथै सदस्यहरुमा जिल्ला प्रशासनको अधिकृत एक जना, वन, नापी, मालपोतका प्रतिनिधी, ३ जना नगरको कार्यपालिका सदस्य, विकासमा महत्वपूर्ण भूमिका खेलेका एक महिला सहित दुई जना र समितिले आबस्यक ठानेका सामाजिक क्षेत्रमा कृयाशित अन्य व्यक्तिहरु समेत रहने व्यवस्था रहेको छ ।

अध्यक्षको कार्यभार सम्हाल्दै नगर प्रमुख एवं समितिका अध्यक्ष नरुलाल चौधरीले जिम्मेवारीलाई अबसरकारुपमा लिएको बताउनुभयो । आफ्नो कार्यकालमा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाउदै अध्यक्ष चौधरीले भोलीको घोराही कस्तो बनाउने भन्ने योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष बसन्तकुमार चौधरीले आफ्नो कार्यकालको अनुभब सुनाउदै गर्न आगामी दिनमा सहयोगिको भुमिकामा रहने बताउनुभयो । कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका कानुनी सल्लाहकार भुपबहादुर केसीले गर्नुभएको थियो ।।

Facebook Comments