• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्युठान नगरपालिकाको प्रशासकीय भवन उद्घाटन




प्युठान नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको माननीय मुख्यमन्त्री शंकर पोखरेलले आज उद्घाटन गर्नुभयो । नवनिर्मित भवनबाट नगरवासीलाई राम्रो सेवा प्रवाह गर्न नगरपालिका नेतृत्वले सफलता पाउने मुख्यमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मदन भण्डारी राजमार्ग र पाल्पादेखि रोल्पासम्मको प्रादेशिक मार्गले प्युठानको सडकमा पहुँच बढ्ने बताउँदै सडकबाट समृद्धिको यात्रा शुरु हुने बताउनुभयो । उहाले समृद्ध नगरको लागि गुरुयोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य,प्रदेशसभा सदस्य हरि रिजालले पूर्वाधार बनेपछि प्युठान नगरपालिकाको सेवा प्रवाह छरितो हुने विश्वास व्यक्त गर्नुभयो । प्युठान नगरपालिकाका प्रमुख अर्जुन कक्षपतिले नगरको समग्र विकासको योजना प्रस्तुत गर्नुभयो ।

नगरपालिका स्थापनाको केही वर्षमै पूर्वाधार विकास, गुरुयोजना अनुसार काम गर्ने जागँर देखाएर स्थानीय तह सेवा प्रवाहको महत्वपूर्ण मेरुदण्ड भएको देखाउँदैछन् ।

Facebook Comments