• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तल्लो कक्षाले माथिल्लो कक्षालाई सम्मान गर्ने गजबको संस्कार ! (भिडियोसहित)




ज्ञानसिन्धु मावि घोराहीका कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई विदाइ गरेका छन् ।
कक्षा प्रथम अञ्जु रोका

पढाइ पूरा गरेर परीक्षाको तयारीमा जुटेका कक्षा १२ का शिक्षा, ब्यवस्थापन र मानविकी तीनै संकायलाई विद्यार्थीलाई कक्षा ११ का तीनै संकायका विद्यार्थीले विदाइ गरेका हुन् । कक्षा १२ को बोर्ड परीक्षा बैशाख १५ गतेदेखि शुरु हुँदैछ ।
कक्षा द्धितीय मिना बिक

कक्षा ११ का विद्यार्थीले एक कार्यक्रमका बीच अविर र मायाँको चिनो दिएर विदाइ गरेका थिए । साथै कक्षा १२ को आन्तरिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले बधाइपत्र प्रदान पनि गरेका थिए ।
कक्षा तृतीय कैलाश घर्ती मगर

विद्यालयले पनि प्रथम हुने अञ्जु रोकालाई तीन हजार, द्धितीय हुने मीना बिकलाई दुइ हजार र तृतीय हुने कैलाश घर्ती मगरलाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरेको थियो ।

कक्षा ११ की छात्रा रिमा गाहा मगरको अध्यक्षता एवं विद्यालयका प्राचार्य हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्ती शिक्षा क्याम्पसका सहायक प्राचार्य गणेश खड्का, विद्यखलयका भाइस प्रिन्सिपल टंक शर्मा, प्लस टू संयोजक तिलक अधिकारी, विद्यार्थी कैलाश अधिकारी र बसन्ती बुढा मगरले बोल्नुभएको थियो । विद्यार्थी केवल बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन यमा पुन र सन्देश घर्ती मगरले गर्नुभएको थियो ।

Facebook Comments