• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँपालिकास्तरीय प्रजनन स्वास्थ्य तथा सचेतना तालिम




रुकुमपूर्व भूमे गाउँपालिकामा प्रजनन स्वास्थ्य तथा सचेतना तालिम सञ्चालन गरिएको छ । एक अनौपचारिक कार्यक्रमका बिच भूमे गाउँपालिकाको सभा हलमा तालिमको उद्घाटन गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई भूमे गाउँपालिका शाखा कार्यालयको आयोजनामा पाँच दिने तालिम सञ्चालन भएकोे छ । पालिका स्तरीय सञ्चालन तालिममा २७ जनाको सहभागीता रहेको छ । प्रत्येक वडामा महिला विकास समिति गठन गरिएको छ ।

उक्त समितिबाट प्रतिनिधित्वको रुपमा तीन÷तीन जनाको सहभागीता रहनेगरी व्यवस्था मिलाईएको बालबालिका तथा ज्येष्ठ नागरिक इकाईका सहायक निरीक्षक लिला ओलीले बताउनुभयो ।

पाँच दिने सञ्चालन तालिममा महिला/पुरुषमा लैंगिक समानता, लैंगिक तथा घरेलु हिंसाको असर र त्यसलाई न्यूनिकरण गर्ने, त्यसैगरी गर्भवती तथा सुत्केरीलाई हेरचाह, यौन रोग, परिवार नियोजन साधन प्रयोगको उपाय र प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको समाधानबारेमा तालिमबाट ज्ञान दिने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

दुर्गम ठाउँमा छौँ स्वास्थ्य सम्बन्धी चेकजाँच तथा डाक्टरको सल्लाह÷सुझावबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले भनाई व्यक्त गर्नुभयो । ‘आधारभूत स्वास्थ्य सम्बन्धी ज्ञान सहभागीतालाई दिई अरुलाई पनि जनचेतना फैलाउनमा सहयोग मिल्ने छ ।’ उहाँले भन्नुभो, ‘ विभिन्न क्षेत्रको कार्यक्रम सञ्चालनबाट पूर्ण जनस्वास्थ्य मैत्री पालिका निर्माणमा अगि बडिराखेका छाँै ।’

तालिममा सहभागीताले आफूलाई लागेको जिज्ञासा राख्ने पनि गरिराखेका छन् । उक्त जिज्ञासालाई तालिमका प्रशिक्षक मार्फत सल्लाह तथा सुझाव दिइएर समाधान गरिराखिएको छ ।

तालिमको प्रशिक्षण भूमे गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादव र उपसंयोजक लालबहादुर ओलीले तालिमको सहजिकरण गरिराख्नु भएको छ । यस शाखाबाट वडा–वडामा समेत एक÷एक दिने सचेतना तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिराखेको छ ।

Facebook Comments