• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ वर्षमा नयाँ लोकमार्गको उद्घाटन, बल्ल पूरा हुँदै सैघाबासीको गाडी चढ्ने सपना




घोराही उपमहानगर पालिका १९ सैघाको पाँँचपोखरीसम्म बस सञ्चालन हुने भएको छ ।

यसअघि मर्पेसदेखि बाम्ला–पाँचपोखरीसम्म कुनै यातायातका साधन सञ्चालन भएको थिएनन् । सैघाको बाम्लादेखि बंगालाचुली गाउँ पालिका २ मर्पेस खाडा जोड्ने सडक निर्माणमा गत र यसवर्ष गरी २१ लाख खर्च गरिएको थियो ।

लिलाधर थापास्मृति लोक मार्गको नयाँ वर्षको अवसरमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

मीनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मार्गको उद्घाटन घोराही उपमहानगर पालिकाका प्रवक्ता एवम घोराही उपमहानगर पालिका वडा नं १८ का अध्यक्ष भरत अर्यालले रिबन काटेर गर्नुभएको थियो ।

घोराही रझेना देखि २० किलोमिटर सडकमध्ये बिलौनी बजारदेखि पाँचपोखरीसम्म कच्ची सडक रहेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य जंग रोकाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले १९ नं वडा भौगोलिक हिसाबले पछाडि परे पनि बन जंगलको धनी भएकाले यसको सही तरिकाले सदुपयोग गरेमा नगरकै उत्कृष्ट वडाको रुपमा चिन्न सकिने र अबको केही समयभित्र गाउँगाउँमा बाटो, विद्युत र खानेपानीमा विषेश प्राथमिकताका साथ अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

लिलाधर थापा स्मृति लोक मार्गमा सहयोग पु¥याउने सहयोगीहरुलाई सम्मान गरिएको थियो । ना ३ ख ६६७६ नम्बरको बस पहिलोपटक घोराही रझेना चोकदेखि खाडा मर्पेसहुँदै बाम्ला पाँचपोखरीसम्म पुगेको थियो ।

कार्यक्रममा घोराही उपमहानगर पालिका वडा नं १९ का वडा सदस्य टंक रोका, भूमि निमावि बाम्लाका प्रधानाध्यापक तिलक बुढाथोकी , भगवति मावि होडबाङका प्रधानाध्यापक देवीबहादुर घर्ति, ज्वाइ जेठान कन्ट्रक्सनबाट जगत घर्ति मगरलगायतको सहभागीता रहेको थियो ।

घोराही उपमहानगर पालिकाका प्रवक्ता एवम घोराही उपमहानगर पालिका वडा नं १८ का वडा अध्यक्ष भरत अ¥यालको प्रमुख आतिथ्यता एवम घोराही उपमहानगर पालिका वडा नं १९ का वडा अध्यक्ष हर्क बहादुर घर्तिको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण नयाँ वस्ती टोलविकास संस्थाका अध्यक्ष दिपेन्द्र थापाले गर्नुभएको थियो ।

Facebook Comments