• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेले दिएन अझै नयाँ पाठ्यपुस्तक किन्ने पैसा




सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ ।
तर रुकुम पुर्बको एक स्थानीय तहले भने नया शैक्षिक सत्र सुरु हुन केही दिन बाकी रहदासम्म पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा कुनै पनि विद्यालय लाई दिएको छैन ।

जिल्लाको सिस्ने गाउँपालिकाले नया पाठ्यपुस्तकको पैसा नया शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि गाउँपालिका भित्र रहेका कुनै पनि विद्यालयको खातामा पैसा नपठाएको गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यबस्थापन समिती अध्यक्षहरुले गुनासो गरेका छन ।

जनता माबि पोखराका प्रधानाध्यापक कलु खड्काले नया शैक्षिक सत्र प्रारम्भ हुन लाग्दा सम्म पाठ्यपुस्तको पैसा विद्यालय लाई नदिनु भनेको स्थानीय तह सामुदायिक विद्यालय प्रती जिम्मेवार नभएको आरोप लगाउनु भएको छ ।

त्यस्तै रुक्मिणी माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समिती अध्यक्ष केशब चन्द्र समालले नया शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा १ महिना अगाडि नया पाठ्यपुस्तक खरिदका लागि गाउँपालिकाले पाठ्यपुस्तको पैसा विद्यालयको खातामा राखी दिनु पर्नेमा अहिलेसम्म पनि नराखेको गुनासो ब्यक्त गर्नुभयो ।

देशभरी नै नया पाठ्यपुस्तकको अभाव भइहेका बेला पाठ्यपुस्तकको पैसा नपठाइएकाले यस बर्ष पनि समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन नसक्ने अबस्था सृजना भएकोले पठनपाठनमा समेत समस्या आउने बि ब्य स अध्यक्ष समालको भनाइ रहेको छ ।

अध्यक्ष समालले गाउँपालिकाले समयमै नया पाठ्यक्रमको पैसा विद्यालय लाई नदिएर बालबालिकाको भबिस्यमाथी खेलवाड गर्न लागेको तथा गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर नभएको आरोप समेत लगाउनु भएको छ ।

उता सिस्ने गाउँपालिकाले भने नया पाठ्यपुस्तकको पैसा अबको एक दुई दिनमै सबै विद्यालयको खातामा पठाउने गरि तयारी भइरहेको जानकारी दिएको छ ।

गाउँपालिका भित्रका प्रायजसो विद्यालयले वास्तविक विद्यार्थी सङख्या भन्दा बढी विद्यार्थी सङ्ख्या बढाएर पठाइएकाले प्रत्येक विद्यालयको वास्तविक विद्यार्थी सङ्ख्या एकिन गरेर मात्र पाठ्यपुस्तको पैसा विद्यालयमा पठाउने गरि तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठले बताउनुभयो ।

पाठ्यपुस्तक बितरणको नाममा अनियमितता गर्ने फर्जी विद्यार्थी भर्ना गर्ने विद्यालय लाई कार्वाही गरिने गाउँ पालिका अध्यक्ष कुमारी बराल गौतमले बताउनु भयो ।

पाठ्यपुस्तकको पैसा पठाउन ढिला भएको स्विकार्दै छिट्टै वितरण गरिने उहाको भनाइ रहेको छ । साथै स्थानिय सरकार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि लागि परेको जानकारी दिनुभयो ।

जिल्लाका तीन स्थानीय तह मध्य भुमे र पुथाउत्तरङगा गाउँपालिकाले भने यस अधि नै नया पाठ्यपुस्तक खरिदको पैसा प्रत्येक विद्यालयको खातामा पठाइ सकिएको बताएका छन ।

Facebook Comments