• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय खेलमार्फत पाँच नम्बर प्रदेशलाई चम्काउने पूर्वमन्त्री श्रीपाली




सामान्यतः पूर्वमन्त्रीहरुलाई सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाइदैन । तर, आठौं राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा शुरु भएका इभेन्टको उद्घाटन गर्न पूर्वखेलकूद मन्त्री दलजीत श्रीपालीलाई बोलाइयो । यो पूर्वमन्त्री पदको सम्मान मात्र नभइ आठौं राष्ट्रियका लागि उहाँले निर्वाह गरेको भूमिकाको सम्मान पनि थियो ।

धेरैलाई खेल क्षेत्रको पनि सरोकार हुँदैन । त्यसैले पनि खेल क्षेत्रको राजनीति धेरैले चासो राख्दैनन् । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि युवा तथा खेलकूद मन्त्रालयको जिम्मा पाउनुभयो भयो युवा नेता श्रीपालीले ।

पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर ‘प्रशान्त’लाई प्रचण्डले यो मन्त्रालय जिम्मेवारी सुम्पनुको एउटा प्रमुख कारण पनि खेल क्षेत्रको ब्यथिति राक्न थियो । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै उहाँले दुइवटा लक्ष्य तय गर्नुभयो– केही समयदेखि अवरुद्ध सातौं राष्ट्रिय खेलकूद जसरी पनि गराउँछु र आठौं राष्ट्रिय खेल क्षेत्रमा पछाडि परेको मेरै क्षेत्र मध्यपश्चिम –हाल ५ नम्बर प्रदेश)मा लैजान्छु ।

खेल क्षेत्रका कानून र गुरुयोजना निर्माणदेखि इटहरि, पोखरा र दाङलाई स्पोर्ट सिटी घोषणा गरेका मन्त्री श्रीपालीले बेथितिमा डुबेको खेल क्षेत्रलाई लयमा ल्याउन निकै मेहनत गर्नुभयो । ‘म एउटा मात्रै सुधारको योजनामा अघि बढेपछि सफलता पनि प्राप्त भयो’– उहाँ अहिले सम्झनुहुन्छ– ‘त्यो मेरो निजी सफलता थिएन, देशको एउटा सपना थियो, लथालिंग परेको खेल क्षेत्रलाई सही बाटोमा ल्याउने दृढ संकल्प थियो, जो पूरा गरेरै छाडें ।’

गाउँबाट खेलको विकास गर्नुपर्छ भनेर हरेक विद्यालयमा खेल प्रशिक्षक नियुक्तिदेखि एक स्थानीय तह एक खेल मैदानको योजना पनि उहाँले अघि सार्नुभयो । गाउँमा लोकप्रिय रहेको भलिबललाई राष्ट्रिय खेल बनाउनेदेखि खेलाडीका लागि पेन्सन योजनालगायतका धेरे कार्यक्रम अघि सार्नुभयो ।

‘मेरो दाबी होइन, इतिहासले सिद्ध गरेको कुरा हो, बहुदल स्थापनापछिका कुनै पनि खेलमन्त्रीको ध्यान नगएको बिषयमा मैले हात हालें र नेपाल पनि खेल क्षेत्रमा अघि बढ्दैछ भन्ने सन्देश दिएँ’– उहाँले भन्नुहुन्छ– ‘अब म यति मात्र भन्छु, मैले बनाएका कार्यक्रम मात्र बाँकी सरकारहरुले कार्यान्वायन गर्ने हो भने खेल नेपालको प्रतिष्ठा मात्र होइन, खेलाडीका लागि पनि स्वर्ण युगको शुरुवात हुनेछ ।’

यी सुधारका लागि अलावा उहाँले मुख्य लक्ष्य सातौं राष्ट्रिय विराटनगरमा सम्पन्न गर्नुभयो तर आठौं राष्ट्रिय कहाँ गराउने भन्नेमा विवाद थियो । त्यसका लागि पोखरा सशक्त दाबेदार थियो । तर, उहाँले सातौंको झण्डा मध्यपश्चिमलाई हस्तान्तरण गर्ने अटोठ गरिसक्नुभएको थियो ।

नवौं पश्चिमाञ्जलमा दिने अग्रिम सहमति गरेरै भए पनि आठौं उहाँले मध्यपश्चिम (हालको ५ नम्बर प्रदेश)मा ल्याउन चाहनुहुन्थ्यो । अन्ततः उहाँले मन्त्रीस्तरको एकल निर्णय गरेरै भए पनि आठौं राष्ट्रिय मध्यपश्चिममै ल्याइछाड्नुभयो ।

‘मन्त्री त मेरो दुइ दिनको घामछायाँ थियो तर म यो प्रदेशको बासिन्दा भने स्थायी हुँ’– उहाँले भन्नुभयो– ‘लामो समयदेखि खेलमा पछाडि परेको यो प्रदेशलाई माथि उठाउन म मन्त्री भएको बेला बोल्ड डिसिजन गर्न सकिनँ भने अरु कसैले गर्न सक्ने छैनन् भन्ने लाग्यो र त्यतिबेला जोखिम मोलेकै हुँ, अहिले त्यो सोंच दूरगामी रहेछ भन्ने पुष्टि भएको छ ।’

प्रदेश ५ को हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका जन्मघर भएका पूर्वमन्त्री श्रीपालीको अस्थायी बसोबास दाङको घोराही १८ मा रहेको छ । यद्यपि उहाँ राष्ट्रिय राजनीतिमा सक्रिय रहन संघीय काठमाडौंमै बस्नुहुुन्छ ।

संस्करणका हिसाबले आठौं भए पनि प्रदेश संरचनापछिको पहिलो खेल गराउने प्रदेश बनाउन सकेको गर्व महसुस भएको भन्दै उहाँले यसका लागि बनेका भौतिक संरचनाा यो प्रदेशका सबैभन्दा ठूला सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय सरकारले योजना बनाउनुपर्ने बताउनुभयो ।
यस्तो भन्छन् पूर्वमन्त्री श्रीपाली–

तस्विरहरुः कुलदीप न्यौपाने

Facebook Comments