• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जीवन शर्माविनाको रक्तिमको राष्ट्रिय भेला




रक्तिम सांस्कृतिक परिवार नेकपा मसालनिकट सांस्कृतिककर्मीहरुको संगठन हो ।

एउटा पार्टीनिकट भए पनि यो संस्था बाम पक्षीय कलाकाहरुको मूलधारको रुपमा रहेको छ । यो संगठनका पर्याय हुन् जनवादी गायक जीवन शर्मा तर अहिले यो संगठनमा छैनन् ।

बुटवलमा रक्तिमको भेलाको तयारी चलिरहँदा शर्मा भने नेकपाका नेता जनार्दन शर्मा, मणि थापालगायतसँग रुकुमको सांस्कृतिक सम्मेलनमा नाचिरहनुभएको थियो । पार्टीको अनुमतिविना बिदेशमा गीत गाउन गएको, अन्य पार्टीका नेताहरुबाट सम्मान थापेको लगायतका आरोपमा जीवन पार्टीबाट निष्काशनमा पर्नुभएको छ ।

उहाँको निष्काशनप्रति अधिकांश रक्तिमका अभियन्ताहरुले बिरोध गरेपछि यसअघि आव्हान गरिएको राष्ट्रिय भेला रोकिएको भए पनि यसपटक भने मंगलवारदेखि बुटवलमा जीवन शर्माविनाको रक्तिमको राष्ट्रिय भेला शुरु भएको छ ।

भेलाको उद्घाटन अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव राज रेग्मीले एक कार्यक्रमकाबीच मैनबत्ती बालेर गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका रेग्मीले देशका हरेक परिवर्तन र क्रान्तिकारी आन्दोलनहरुमा रक्तिम साँस्कृतिक अभियानको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । साथै उहाँले अभियानलाई बैचारिक र संगठनात्मक रुपमा अझै सशक्त बनाएर लैजानुपर्ने भन्दै राष्ट्रिय भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

????????????????????????????????????

कार्यक्रममा समसामयिक राजनीतिक सन्दर्भमा बोल्दै प्रमुख अतिथि रेग्मीले वर्तमान राज्य व्यवस्थाबाट नयाँ जनवादी व्यवस्था तथा समाजवादी व्यवस्थाको कुनै आशा गर्न नसकिने बताउनु भएको छ । साथै उहाँले अहिले देशमा राजतन्त्र ब्युत्याउनका लागि राजावादी तथा देशी विदेशी तत्वहरुको चलखेल र राष्ट्रघाती नागरिकता विधेयकका कारण देशको राष्ट्रियतामा नै गम्भीर खतरा सिर्जना भएको बताउनु भएको छ ।

त्यसैगरी रक्तिम साँस्कृतिक अभियान राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीले कार्यक्रममा बोल्दै तीन दशकभन्दा लामो इतिहास बोकेको रक्तिम साँस्कृतिक अभियानले साँस्कृतिक आन्दोलनको माध्यमबाट आम शोषित पीडित जनतालाई वैचारिक रुपमा सचेत गराउँदै देश परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । साथै उहाँले आगामी दिनमा थप जिम्मेवारी संगठनका काँधमा आएकाले अभियानलाई अझै सशक्त बनाएर लैजाने बताउनु भएको छ ।

कार्यक्रममा बामपन्थी नेता कृष्ण पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के.सी., अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, प्रगतिशिल लेखक संघ नेपालका केन्द्रिय सचिव बाबुराम आचार्य, प्रगतिशिल पत्रकार संघका लोकेन्द्र सुनार, राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीका सचिव दिपक पौडेल, अखिल नेपाल जनजाति संघ रुपन्देहीका अध्यक्ष बिमल श्रीष लगायतले उक्त राष्ट्रिय भेलाको सफलताको शुभकामना दिनुभएको थियो ।

वि.सं. २०४२ साल चैत्र २६ गतेका दिन स्थापना भएको रक्तिम सांस्कृतिक अभियानले प्रगतिशिल गीत संगीतको माध्यमबाट आम शोषित पीडित जनताहरुलाई सांस्कृतिक आन्दोलनको माध्यमबाट सचेत बनाउँदै देशव्यापी अभियान संचालन गर्दै आइरहेको छ । संगठनको ३३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त राष्ट्रिय भेलामा देशभरका विभिन्न जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षेकहरुको सहभागिता रहेको छ । चैत्र २५ र २६ गरि २ दिनसम्म सम्पन्न हुने भेलाले नयाँ नेतृत्व चयन गर्ने भेला आयोजक समितिका सदस्य जीवन शाहीले बताउनु भयो । यस अघि फागुन १,२ र ३ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन संगठनको विविध आन्तरिक कारणले सम्पन्न हुन नसकेपछि सम्मेलन स्थगित भएको थियो । त्यसपछि लगत्तै भेला आयोजक समिति गठन गरी राष्ट्रिय भेलाको आयोजना गरिएको थियो ।

????????????????????????????????????

आज कार्यक्रमको उद्घाटन सत्र समापनपछि बन्दसत्र सुरु भइरहेको छ । बन्दसत्रमा संगठनको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरिनुका साथै देशका विभिन्न जिल्लाहरुबाट रिपोर्टिङ र छलफल गरिनुका साथै संगठनको आगामी नीति तथा कार्यक्रम निमार्ण सहित नयाँ नेतृत्व चयन हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीको अध्यक्षता र रेम रानाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन जीवन शाहीले गर्नुभएको थियो ।

Facebook Comments