• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आइपियू अध्यक्षलाई सभामुख महराको बधाई




सभामुख कृष्णबहादुर महराले अन्तर–व्यवस्थापिका संघ (आइपियू)को अध्यक्ष चुनिएकोमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदलाई बधाई ज्ञापन गर्नुभएको छ ।

दोहास्थित होटल सेराटनमा मंगलबार शिष्टाचार भेटका क्रममा सभामुख महराले समकक्षी कतारको संसदका अध्यक्ष अहमद विन अब्दुलाहलाई बधाई ज्ञापन गर्नुभएको हो ।

सो अवसरमा सभामुख महराले आइपियूको १४० औं सभा भव्यतापूर्वक सम्पन्न गरेकोमा कतारको संसद शुरा काउन्सिल, अध्यक्ष अब्दुल्लाह र कतार सरकारको प्रशंसा गर्नुभयो ।

भेटवार्ताका क्रममा सभामुख महराले कतार र नेपालबीचको मित्रता सौहार्दपूर्ण र घनिष्ठ रहेको चर्चा गर्दै आपसी सहयोग र दुई पक्षीय सम्बन्धलाई अझैं प्रगाढ बनाउँदै जानुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले राजनीतिक र संसदीय अभ्यास तथा अनुभव आदान प्रदान गर्नका लागि नेपालको संसदले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउँदै मैत्री संघका सदस्यहरुको नामावली हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदले कतार–नेपाल संसदीय मैत्री संघ छिट्टै गठन गरेर दुई पक्षीय भेटघाटको अवसर मिलाउने बताउनुभयो ।

आफूलाई आइपियू अध्यक्षको जिम्मेवारीका लागि बधाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै छिट्टै संसदीय मैत्री संघमार्फत् भेटघाट र आपसी सहकार्य बढाउने विश्वास व्यक्त गर्नुभयो ।

यही चैत्र २३ देखि कतारको दोहामा जारी आइपियूको १४० औं सभाले कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुलाहलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

Facebook Comments