• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हावाहुरीले विजुली घरसहित दुइ दर्जन संरचनामा क्षति




रुकुम(पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ३ को श्री चवर तथा राजाको खेतको टोलका २५ भन्दा बढी घरहरु गएरातिको हावाहुरिले पूर्ण रुपमा क्षति पुर्याएको छ ।

साँझ करिव साढे ७ बजे एक्कासी आएको हावा हूरीले घरहरुको जस्ता पाता काठ ढुंगाले छाएका ढुंगाहरुलाई तथा विजुलीको पावर गृहमा समेत पूर्ण रुपमा क्षति बनाएको छ ।

अधिकांश दलित बस्ती रहेको उक्त बस्तीका परिवारहरु घरबार बिहिन भएका छन् । हावाहरुरीले मानविय क्षति भने भएको छैन ।

त्यस्तै सानीभेरी ५ को हाँसुमा चट्याङले एकै घरका २ जना गम्भीर घाइते भएका छन् भने २ वटा भैसी मरेको प्रहरी चौकी सिम्लीका प्रमुख रिषिराज खड्काले बताए । घाइतेलाई जिल्ला अस्पताल सल्लेमा उपाचार भइरहेको जानकारी खड्काले बताए ।

सानीभेरिका विभिन्न ठाउँमा हावाहुरी संगै आएको असिना पानीले विजुलीका पोलहरु बाच्नुका साथै गहुबालीमा क्षति पुर्याएको छ । सबै स्थानको क्षति विवरण आउन बाकी रहेको र प्रहरी चौकी सिम्लीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

Facebook Comments