• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्दै भूमे




रुकुमपूर्व भूमे गाउँपालिकाले तीन सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । स्वास्थ्य इकाई स्थापना गरी सेवा सञ्चालन भइराखेको छ ।

भूमे ३ झुम्लाबाङ, वडा नम्बर ८ कुचिबाङ र वडा नम्बर ५ सेराबाङमा गाउँपालिकाले स्वास्थ्य इकाई स्थापना गरेको छ । सामुदायिक स्वास्थ्य इकाई मार्फत सेवा प्रवाह हुने सुविधा समुदायले पाईराखेको भूमे गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवले बताउनुभयो ।

गर्ववटी चेकजाँच, खोप, बच्चाको टोल त्यसैगरी रोगको पहिचान गरी स्थास्थ्य चौकीमा पठाउने स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव दिने गरेको संयोजक यादवले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य इकाईमा एक अहेव र एक अनमी गरी दुई/दुई जना स्वास्थ्यकर्मी पालिकाले नै व्यवस्था गरेको छ । सामान्य उपचार तथा औषधीको लागि नागरिकले समय र पैसाको खर्चिलो मारमा परिराखेकोले उक्त समस्यालाई सहज गर्ने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएकोे भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको भनाई रहेको छ । ‘पहिला सामान्य उपचारको लागि दिनभर हिड्नुपर्ने बाध्यता अहिले तरेको छ’ अध्यक्ष बुढाले भन्नुभयो, ‘सेवा ग्राहीको वृद्धि संख्यासँगै विस्तारै थप सेवा उपलब्ध गराईदिने छौँ ।’

स्वास्थ्य चौकी ५, पालिकाकोले स्थापना गरेको ३ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ३ सामुदायिक स्वास्थ्य इकाई गरी भूमेमा जम्मा ११ ओटा स्वास्थ्य केन्द्र रहेका छन् । वडा नम्बर २ काँक्री, वडा नम्बर ३ सिमा, वडा नम्बर ४ काँडा, वडा नम्बर ६ महत र वडा नम्बर ९ चुन्बाङमा स्वास्थ्य चौकी रहेका छन् ।

स्वास्थ्य विभागबाट स्थापना गरिएका सामुदायिक स्वास्थ्य इकाईहरु वडा नम्बर १ लुकुम, वडा नम्बर ८ कोर्जा र वडा नम्बर ७ धर्मशालामा रहेको छ । स्वास्थ्य चेकजाँच तथा परामर्शको लागि नजिकबाट सहज तरिकाले सेवा पाइराखेकोमा नागरिक हर्षित छन् ।

Facebook Comments