• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदत्रयको स्मृति दिवस, सहिदका सपना पूरा हुँदैछन्ः नेताहरु




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको पनि नेताहरुले बताए ।

घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन चौधरी ‘राहुल’, इन्द्रबहादुर चौधरी ‘श्याम’ र बिजय चौधरीको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । तत्कालीन नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य राहुल, एरिया सेक्रेटरी श्याम र पार्टी सदस्य विजयको २०६१ साल चैत २५ गते सरकारी सुरक्षा फौजले गिरफ्तार गरी हत्या गरेको थियो ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निर्मल आचार्यले आम जनतालाई कम्युनिष्ट बनाउँदै उत्पादन बढाएर समृद्धिमार्फत समाजवादमा जानुपर्ने र समाजवादसँग जोडेर मात्रै सहिदका सपना पूरा गर्न सकिने बताउनुभयो ।

नेकपाका अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले सहिदको सरोकार सहिद परिवारको मात्रै नभएर सिंगो पार्टी र राज्यकै भएको बताउनुभयो ।

सहिद राहुलका बुवा रामप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङका कार्यदल सदस्य शिवकुमार आचार्य र तुलसीराम पुन ‘सुवास’, घोराही नगर विकास समितिका अध्यक्ष बसन्त चौधरी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नरेन्द्र केसी, अनमेसंघकी केन्द्रीय सदस्य प्रमिता चौधरी, वडा सदस्य तुलप्रसाद घिमिरे र गाउँका अगुवा मोतीलाल चौधरीले पनि शोल्नुभएको थियो ।

सहिद विजयका दाइ प्रकाश चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने नेकपाका स्थानीय नेता उमानन्द खनालले धन्यवाद दिनुभएको थियो ।

Facebook Comments