• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य प्रतिष्ठानमा थप समस्याः डिन तथा अस्पताल निर्देशकले दिए राजीनामा




राप्ती स्वास्थ्य प्रतिष्ठानकी डिन तथा अस्पताल निर्देशक डा. ऋतु बरालले राजीनामा दिनुभएको छ ।

आफूभन्दा माथिल्लो तहमा रहेका व्यक्तिहरुबाट काम गर्ने वातावरण नभएको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

डा. बरालले आइतवार प्रतिष्ठानमा राजीनामा पेश गर्नुभएको हो ।

‘म जागीर खान होइन, काम गर्न गएकी हुँ, काम गर्ने वातावरण नबनेपछि पदमा बसिरहनु राम्रो लागेन’– उहाँले भन्नुभयो– ‘मभन्दा माथिल्लो तहमा रहेकाहरुबाट राम्रो ब्यवहार भएन, त्यहाँ काम गर्ने वातावरण नै छैन ।’

डिनभन्दा माथि उपकूलपति, रेक्टर र रजिष्ट्रार रहेका छन् ।

रेक्टर भर्खरै आउनुभएको छ । उहाँले स्पष्ट नभने पनि घुमाउरो भाषामा उपकूलपति डा. संगीता भण्डारीको ब्यवहारले काम गर्न अफ्ठ्यारो भएको स्वीकार गर्नुभयो ।

‘मलाई यही भन्न किन लगाउनहुन्छ, रेक्टर भर्खर्र आउनुभएको छ, भेट नै भएको छैन, बाँकी मभन्दा माथिल्लो पदमा रहेकाहरुबाट काम गर्ने वातावरण भएन’– डा. बरालले भन्नुभयो ।

यसअघि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले प्रतिष्ठान तहसनतहस हुन थालेको भन्दै उपकूलपतिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
यो पनि पढ्नुहोस्

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुल्क हटाउन संसदीय समितिको निर्देशन

Facebook Comments