• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सत्ता त बदलियो, अब सोंच र शैली पनि बदलौंः शर्मा




पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राज्यसत्ता फेरिए पनि काम गर्ने सोंच र शैली नफेरिएको भन्दै हरेक क्षेत्रमा यसको परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले नयाँ सत्ता तर पुरानै सोंचले देश अघि नबढ्ने भन्दै हरेक क्षेत्रमा संरचनासँगै सोंच र शैली पनि बदल्नुपर्ने बताउनुभयो ।

रुकुममा स्वास्थ्य कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पहिलाका जनस्वास्थ्य कार्यालय हाल स्वास्थ्य कार्यालय बनेको ठुलो कुरा नभएको बताउँदै उहाँले भन्नुभयो– ‘कार्यालयको बोर्ड फेरिनु ठुलो कुरा होईन, सबैभन्दा ठुलो कुरा भनेको प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुनु हो ।’

कर्मचारीहरुमा सेवाग्राहीमैत्री संस्कार र सेवा भावको विकास हुन आवश्यक रहेको उल्लेख गर्दै उहााले जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । स्थानीय तहहरुसँग समन्वय गरेर गाउँ गाउँमा पुगी स्वास्थ्य सेवा प्रवाह गर्न उहाँले स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

अवदेखि जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुन नदिन र पारदर्शी रुपमा औषधिको खरिद तथा वितरणको व्यवस्था मिलाउनसमेत उहाँले आग्रह गर्नुभयो ।

यस अघिको जिल्ला जन स्वास्थ्य कार्यालय अव देखि स्वास्थ्य कार्यालय भएको हो । कर्णाली प्रदेशको नवौं जिल्लाको रुपमा रुकुम पश्चिममा स्वास्थ्य कार्यालयको उद्घाटन गरिएको हो । प्रदेशका १० मध्ये ८ वटा जिल्लामा यस अघि नै यो कार्यालयको उद्घाटन भइसकेको थियो ।

यस अघि देशका ३५ वटा जिल्लामा मात्र स्वास्थ्य कार्यालय रहने भनिएपनि तल्लो तह सम्म प्रवद्र्धनात्मक स्वास्थ्य सेवालाई पुर्याउन समस्या भएको भन्दै देशका ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालय राख्ने सरकारले निर्णय गरेको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक रीता जोशीले बताउनुभयो ।

Facebook Comments