• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपकुलपति कोइरालाद्वारा क्याम्पस प्रमुखहरुलाई विशेष निर्देशन




मध्यपश्चिमान्चल विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुका क्याम्पस प्रमुख तथा विश्वविद्यालय अन्तर्गत संचालित कार्यक्रमका निर्देशकहरुलाई लक्षित गरी मध्यपश्चिमान्चल विश्वविद्यालयका आदरणीय उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाज्यूले आज आगामी शैक्षिक प्राज्ञिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

रजिष्ट्रार यमबहादुर कार्की सहित उपस्थित क्याम्पस प्रमुख एवम् निर्देशकहरुलाई समसामयिक विषयमा उपकुलपति प्रा. डा. कोइरालाले निर्देशन दिनुभएको हो ।

उपकुलपति प्रा. डा. कोइरालाले विश्वविद्यालयको शैक्षिक प्रशासनिक ब्यबस्थापन, समग्र परीक्षा प्रणाली, स्ववियु चुनाव र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लगायतका विषयवस्तुमा केन्द्रित रही यसको गुणस्तर कायम गर्न गराउनका लागि विशेष निर्देशन दिनुभयो ।

वीरेन्द्रनगर,सुर्खेत स्थित मध्यपश्चिमान्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस हलमा परीक्षा ब्यबस्थापन कार्यालयका प्रमुख डा.आनन्द प्रसाद सुवेदीले परीक्षा प्रणाली सम्बन्धी प्राविधिक विषयमा प्रोजेक्टर मार्फत प्रस्तुतीकरण गर्नुभएको छ । कार्यशाला गोष्ठी भोलि (सोमवार) सम्म संचालन हुने बताइएको छ ।

Facebook Comments