• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बालमन्दिर अब ‘बिशेष प्रादेशिक विद्यालय’




घोराहीस्थित प्रावि बालमन्दिर अब प्रदेशस्तरको ‘बिशेष विद्यालय’ बन्ने भएको छ । प्रदेशभरिका अपांगता भएका बालबालिकाको आवासीय सुविधासहित पठनपाठनका लागि यो विद्यालयलाई बिशेष प्रादेशिक विद्यालय बनाइने भएको छ ।

शिक्षा मन्त्रालयले अािर्थक बर्ष २०७५/०७६ मा सात प्रदेशमा अपांगता भएका बालबालिकाका लागि बिशेष आवासीय विद्यालय स्थापना गर्ने कार्यक्रमअनुसार प्रदेश नम्बर ५ को बालमन्दिर प्राविलाई बिशेष प्रादेशिक विद्यालय बनाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो । यो निर्णयसँगै विद्यालयले भौतिक संरचना निर्माणका लागि तत्काल एक करोड बजेट पाउने उहाँले जानकारी दिनुभयो ।

योसँगै प्रदेश नम्बर १ को झापाको दमक, प्रदेश नम्बर २ को धनुषा, प्रदेश नम्बर ३ को काभ्रे, गण्डकी प्रदेशको गोरखा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा प्रादेशिक बिशेष आवासीय विद्यालय स्थापना गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यो विद्यालयमा अहिले अन्य विद्यार्थीबाहेक १५ जना बौद्धिक अपांगताका भएका बालबालिकाले अध्ययन गरिरहेका छन् । शिक्षा मन्त्रालयको निर्णयसँगै आफ््नो वडामा रहेको बालमन्दिरले प्रादेशिक संरचना पाएको भन्दै घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले खुशी व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने जीवन गौतमलाई धन्यवाद दिंदै बजेट आउने निश्चित भएकाले तत्काल भौतिक संरचनाको काम थालिने बताउनुभयो । यो बर्ष चार तलाको पक्की भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

Facebook Comments