• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यी हुन् साविक राप्तीमा सूचना प्रविधि प्रयोगशाला पाउने विद्यालय




दाङका अठार विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ । शिक्षालाई सूचना प्रविधिसँग जोडेर लैजान नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बार्षिक कार्ययोजनाअनुरुप हरेक निर्वाचन क्षेत्रका ६÷६ वटा विद्यालयमा यो कार्यक्रम लागु हुने भएको छ ।

दूरसञ्चार प्राधिकरणले कार्यक्रम लागु हुने विद्यालय छनौट गरेको छ । जसअनुसार क्षेत्र नम्बर १ मा जनता माध्यमिक बिद्यालय गढवा ७,सरस्वती माध्यमिक विद्यालय गढवा ३, आदर्श नमुना माध्यमिक विद्यालय राप्ति २, महेन्द्र माध्यमिक विद्यालय घोराहि ५, जनज्योति माध्यमिक विद्यालय राजपुर २ र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राप्ति १ छनौट भएका छन् ।

त्यस्तैत्यस्तै क्षेत्र नम्बर २ मा सिद्धरत्ननाथ नमना मावि घोराही १०, मावि रझेना घोराही १८, महेन्द्र मावि बंगलाचुली २, जनता संस्कृत मावि बिजौरी, नरदेवी मावि तेघरा घोराही ९ र सुधा मावि बंगलाचुली ५ छनौटमा परेका छन् । त्यसैगरी क्षेत्र नम्बर ३ मा मावि तुलसीपुर, बिपी कोइराला मावि शान्तिनगर, बालमितेरी मावि भोजपुर, जनकल्याण मावि शान्तिनगर ३, सरस्वती मावि बबइ १ र वीरेन्द्र मावि दंगीशरण ३ छनौट भएका छन् ।

त्यस्तै रुकुमपश्चिमका त्रिवेणी मावि त्रिवेणी २ सिम्रुतु, वीरेन्द्रमा वि बाँफीकोट ४, हिमालय मावि आठबीसकोट ३, सरस्वती मावि सानीभेरी १०, मालिका मावि मुसीकोट १० र सरस्वती मावि चौरजहारी ७ ले यो कार्यक्रम पाएका छन् । त्यस्तै रुकुमपूर्वका जनता मावि सिस्ने ३, नेरामावि भूमे ९ चुनवाङ, पुथा हिमालय मावि पुथा १ र हिमालय मावि सिस्ने २ ले पनि कार्यक्रम पाएका छन् ।

त्यस्तै प्युठानका अमर मावि स्वर्गद्वारी ३, मोती मावि ऐरावती २, गौमुखी मावि गौमुखी ५ र भुवनेश्वरी मावि प्युठान १ ले पनि यो कार्यक्रम पाएका छन् । त्यस्तै रोल्पाका जनसेवा मावि परिवर्तन २, जनज्योति मावि सुनिलस्मृति ६, गोविन्द मावि त्रिवेणी ७ र तारा मावि रोल्पा १ ले पनि यो कार्यक्रम पाएका छन् ।

त्यसैगरी सलयनका शिवजन मावि शारदा १, शारदा कल्याण मावि कालिमाटी ३, नेरामावि कपुरकोट ४, जनता मावि कुमाख ३, कालिका मावि बागचौर ८ र त्रिभुवन जनता मावि बनगाड कुपिण्डे ५ मा पनि सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नं. प्रदेशका जिल्लाहरु तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र सुनसरी जिल्लाहरुमा संघीय संसदको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ६ वटा र अन्य जिल्लाहरुको हकमा संघीय संसदको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटाका दरले सामुदायिक माध्यामिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने उद्देश्यले सूचना प्रविधि प्रयोगशाला स्थापना गर्दैछ ।

छनौट भएका सबै सामुदायिक विद्यालय रहेका छन् । यस्ता विदालय सुरक्षित पक्की भवन, फर्निचर लगायतका भौतिक पूर्वाधारहरुको राम्रो व्यवस्था भएको हुनुपर्नेछ वा हुने प्रतिवद्धता हुनुपर्ने, सम्भव भएसम्म विद्युत आपुर्ति भएको हुनुपर्ने, सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति (विज्ञान विषयमा कम्तिमा १२ कक्षा उत्तीर्ण गरी कम्तिमा ३ महिनाको कम्प्युटर विषयमा तालिम लिएको वा कम्प्युटर विज्ञानमा कम्तिमा १२ कक्षा वा सो सरहको अध्ययन गरेको) को व्यवस्था भएको हुनुपर्नेछ शर्त अघि सारेको थियो ।

त्यस्तै प्रयोगशाला स्थापना भइसकेपछि सोको सफल कार्यान्वयन तथा दिगोपनाको लागि आवश्यक श्रोतको व्यवस्था गर्न सक्ने र अपनत्वको साथ कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिले प्रतिबद्धता जनाउनुपर्ने पनि दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

त्यस्तै कम्प्युटर विषय अध्ययन÷अध्यापन गरिरहेको वा गर्ने प्रतिवद्धता, विद्यार्थी संख्या धेरै रहेको र कम्प्युटर प्रयोगशाला नभएको विद्यालहरुलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । विभिन्न कारणले पिछडिएको वग÷समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई विशेष प्राथमिकता दिइएको प्राििधकरणले जनाएको छ ।

Facebook Comments