• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मुसीकोट १० मा अर्को राम्रो काम– गाउँघर क्लिनिकका लागि जग्गा दान




रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० मा गाउँघर क्लिनिकका लागि एक व्यक्तिले जग्गा दान गरेका छन् ।

वडावासी भोलाप्रसाद बुढाले १५५ वर्गमिटर जग्गा दान गनुृभएको हो । उहाँले वडा स्वास्थ्यका नाममा जग्गा पास गरिदिनुभएको छ ।

जग्गाको पूर्जा उहाँले वडा अध्यक्ष एवं वडा स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष गोप्यश्वर केसीलाइ हस्तान्तरण गर्नुभएको हो ।

वडा कार्यालयनजिकै रहेको यो भवनमा गाउँघर क्लिनिकको भवन बन्ने छ । वडा स्वास्थ्य चौकीको भवन नबन्दासम्म यही भवनबाट स्वास्थ्यचौकीको काम सञ्चालन गरिने वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो ।

आफ्नै पहलमा वडा स्वास्थ्य चौकी स्थापना गर्ने पहिलो वडा बनेको मुसीकोट १० ले आफ्नै नाममा जग्गा प्राप्त गर्नेमा पनि अग्रता कायम गरेको छ ।

Facebook Comments