• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिमको सानीभेरी जातीय छुवाछुतमुक्त र सद्भावयुक्त गाउँपालिका




रुकुम (पश्चिम)सानीभेरी गाउँपालिकालाई जातिय छुवाछुत मुक्त तथा सद्भाव युक्त गाउँपालिका घोषणा गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति राजु नेपालीले गाउँपालिकालाई जातिय छुवाछूत मुक्त तथा सद्भाव युक्त गाउँपालिका घोषणा गरेकी छिन् ।

गाउँपालिकामा सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जात जातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेको, अन्तरजातिय विवाह सहज रुपमा हुँदै गएको र बिद्यालयमा बालवालिकाहरु माथि जातका नाममा कुनै विभेद नभएको भन्दै सानीभेरी गाउँपालिका जातीय छुवाछूत मुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले आफ्नो घोषणा पत्र मार्फत जानकारी दिएका छन् ।

उनले भने, गाउँपालिकाले बालिघरे प्रथा उन्मुलन हुँदै जानुका साथै परम्परागत जातीय शीपमा आधारित कामहरुमा सम्मानजनक व्यवहार भएको बताए । यसका साथै कानूनले सामाजिक अपराधका रुपमा लिएको जातीय भेदभावलाई गाउँपालिकावासीले बुझ्दै गएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

यसैविच गाउँपालिकालाई जातिय छुवाछूत मुक्त घोषणा गर्दै गाउँपालिकाले यस सम्बन्धी १० वटा नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुने जिल्लाको तेस्रो स्थानीय तह बनेको छ ।

यसअघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिका जातिय छुवाछुत मुक्त घोषणा भएको थियो । कर्णाली प्रदेश सांसद गोपाल शर्मा, रातो कामी, दानसिङ परियार, समन्वय समितिका प्रमुख राजकुमार शर्मा लगायत दलित अधिकारकर्मीहरुको आतिथ्यता रहेको थियो ।

Facebook Comments