• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बन्ने भाे ल्याब सहितकाे स्वास्थ्य सेवा केन्द्र




मुसीकाेट नगरपालिका वडानं ६ स्थित झुल्खेत बजारमा यसै अार्थिक बर्ष भित्र प्रयाेगशाला सहितकाे स्वास्थ्य सेवाकेन्द्रकाे भवन निर्माण हुने भएकाे छ ।

भवन निर्माणकाे लागि कर्णाली प्रदेश सरकारकाे अनुदान रू ३५ लाख र मुसीकाेट नगरपालिका वडानं ६ काे कार्यालयकाे लागत सहभागित रू १५ लाख रूपैयाँ गरि जम्मा रू ५० लाखमा भवन निर्माणकाे टेन्डर प्रकृयामा गइ सकेकाे वडाध्यक्ष वसन्तकुमार गाैतमले जानकारी दिनुभयाे ।

स्थानीयकाे पहलमा उक्त भवन निर्माणकाे लागि चन्दा तथा निशुल्क जग्गादानबाट सहयाेग जुटाईएकाे छ । मुसीकाेट -९ चाैखावाङ निवासी तस बहादुर बुढाले रू ३ लाख बराबरकाे १०० वर्गमीटर, तेज बहादुर गिरीले रू ३ लाख मूल्य बराबरकाे १०० वर्गमीटर र वडानं ११ स्यावाङ निवासी मेवालाल अाेलीले साेही बराबर जग्गा निशुल्क उपलब्ध गराई सहयाेग गर्नु भएकाे हाे ।

जम्मा ५०० वर्गमीटर क्षेत्र अावश्यक पर्नेमा बाँकी जग्गा खरिदकाेलागि स्थानीय झुल्खेत बजार व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बाेहराले नगद रू १ लाख २० हजार, उपाध्यक्ष नन्दराम पुनले रू १ लाख, दाेभान अामा समूह झुल्खेतले रू १ लाख, झुल्खेत बजार व्यवस्थापन समितिकाे काेषबाट रू ५३ हजार, अाेम प्रकास बुढाबाट रू ४० हजार, लुद्र बहादुर पुनले रू २० हजार, गङ्गा बुढा (अाेली) हाल अस्ट्रेलिया ले रू १० हजार एकसय पचपन्न , मुनपा ९ हिल निवासी बीरबहादुर अाेलीले रू १० हजार रूपैयाँ सहयाेग गर्नु भएकाे छ ।

जम्मा १५ लाख ४० हजार मूल्य बराबरकाे जग्गा खरिदमा नपुग रकमकाे लागि विभिन्न सँघ संस्था, व्यक्ति, राजनैतिक दलका प्रतिनिधीलाई सेवाकेन्द्र सञ्चालक समितिले अनुराेध गर्दै रू ५ हजार भन्दा माथि सहयाेग गर्नेकाे नाम शिलालेखमा अभिलेखिकरण गरिने जनाएकाे छ ।

हाल झुल्खेत बजारकाे घर भाडामा लिई उक्त स्वास्थ्य केन्द्रले सेवा दिँदै अाएकाे र साँख, चाैखावाङ, भलाक्चा, खलंगा, चुन्वाङ तथा राेल्पासम्मका जनताहरू लाभान्वित भैरहेका छन भने अाफ्नै भवन निर्माण भएमा सेवा प्रवाह गर्न सजिलाे हुने साे केन्द्रका स्वास्थ्य इन्चार्ज डिल्लीराज बाेहराले बताउनु भयाे ।

Facebook Comments