• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डेमा ९० जनालाई सीपमूलक तालिम




पश्चिम क्षेत्रमा सहिद नेत्रलाल प्राबिधिक शिक्षालयको आयोजनामा ६५ दिने बाख्रापालन र ६५ दिने जनरल कुक र सल्यान घरेलु तथा साना उधोग विकासको आयोजनामा ४५ दिने हाउस वायरिङ्ग र प्लम्बिङ्ग तालिम सन्चालन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका समन्वयमा कार्यक्रमको आयोजना गरिएको छ ।

२० जना सहभागी हुने कार्यक्रममा १२ जना महिला पुरुषलाई सहभागी बाख्रापालन तालीम, ४० जना सहभागी हुनेमा जम्मा २० जना जनरल कुक र हाउस वायरिङ्ग तथा प्लम्बिङ्गमा पनि सहभागी संख्या कमि भएको छ ।

नगरपालिकाको प्रचारप्रसारको कमिले गर्दा सिप सिक्न आउनेको संख्या कमि भएको सहभागीहरुले दुखेसो पोखेका छन । नगरपालिका आपसी बिवादका कारण नगरपालिका भित्रका जनप्रतिनिधिहरु बीच समन्वय नहुनुले जनताले सिप सिक्न बाट बन्चित हुनु परेको सहभागी टक बुढाले बताएका छन भने अझै थुप्रै सहभागी हुन चाहना हुनेले सम्पर्क गर्नु हुन सबैमा अनुरोध गरिएको छ ।

बाख्रापालन समबन्धि तालिममा बाख्राको जात, अाधुनिक खाेर, यसबाट हुने फाइदा, राेगनिराेधक विधिका लगाएत विविध विषयमा छलफल चलाएको छ । घर निर्माण गर्दा आवश्यक पर्ने धारा जोडने खानेपानी निर्माण र घरहरूमा विधुत जडान सम्बन्धि सिपमुलक तालीम सिकाइने बताएको छ ।

यस तालिमबाट नगरका स्थानीय नागरिकको राेजगार र जिविकाे पार्जन तथा अाय आर्जनमा टेवा पुर्‍याउने उदेश्यले तालिम सञ्चालन गरिएको जनाएको छ । साथै नेत्रलाल प्राविधिक शिक्षालयले यस्ता थुप्रै सिपयुक्त तालिम सञ्चालन गरेको छ ।

Facebook Comments