• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धमाधम विकास योजना बन्दै, राष्ट्रिय परिषद् बैठक शुरु




राष्ट्रिय विकास परिषदको बैठक बुधबार सुरु भएको छ । काठमाडौंको सोल्टी होटमा आयोजित बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन दुई दिने राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संघीय संसद विषयगत समितिका सभापतिहरु, सांसदहरु, विज्ञहरुसहित ३ सय ५० जना भन्दा बढिको सहभागिता रहेको छ ।

मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले जानकारी दिए ।

राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनाहरुलाई अन्तिम रुप दिने सर्वोच्च निकाय हो । आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले परिषद बैठकको सुझावपछि १५ औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिसक्ने बताए ।

आयोगले तयार पारेको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ ।

आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धि सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम समावेश गरिएको आयोगका प्रवक्ता डा. रुपाखेतीले बताए ।

Facebook Comments