• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा पहिलोपटक प्रभु बैंकको एटिएम




रुकुम पुर्बमा प्रभु बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्लामा प्रभु बैंकले पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

समयको माग र दुर्गम ठाउमा बसोबास गर्ने ग्राहकको आवश्यकतालाइ ध्यानमा राखी १० लाख ५० हजारको लागतमा काठमाडौ बाट सेसिन ल्याएर एटीएम सेवा सञ्चालनमा ल्याइएको शाखा प्रबन्धक भानु गौतमले जानकारी दिनुभयो ।

प्रबन्धक गौतमले एटीएम सेवा सञ्चालनमा ल्याए पछि एटीएम प्रयोग कर्ता ग्राहकहरुले बिदाको दिन तथा ग्राहकले आफ्नो अनुकुलको समयमा पैसा निकाल्न सकिने भएकाले बैंकको सेवा प्रवाहमा समेत सहजता आउने बिश्वास ब्यक्त गर्नु भयो ।

प्रबन्धक गौतमका अनुसार दैनिक १४ घन्टा एटीएम सेवा सञ्चालनमा आउनेछ ।

रुकुम पुर्बमा नेपाल बैंक लिमिटेड सहित करिब आधा दर्जन भन्दा बढी बैंकहरुले बैंकिङ सेवा सञ्चालनमा ल्याए पनि प्रभु बैंक बाहेक अन्यले भने एटीएम सेवा सञ्चालनमा ल्याएका छैन्न ।

२०७३ सालमा स्थापना भइ प्रभु बैंकले जिल्लाको सिस्ने गाउँपालिका ६ छिप्रीदह रुकुमकोट बाट सेवा प्रवाह गरिरहेको छ । जस्का संस्थागत र ब्यक्तिगत गरि झन्डै ३ हजार ५ सय भन्दा बढी ग्राहक रहेका छन ।

एटीएम मेसिनको जिल्ला समुन्वय समिती प्रमुख गजेन्द्र बहादुर ओलिले रिवन काटेर उदघाटन गर्नु भएको थियो ।

Facebook Comments