• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सानीभेरी गाउँपालिकाको हिउदे अधिवेशन सम्पन्न




रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को हिउदे अधिवेशन (गाउँसभा) सम्पन्न गरिएको छ ।

अधिवेशनबाट “सानीभेरी गाउँपालिकाको पूर्वाधार व्यवस्थापन विध्ययेक २०७५”, पास गरिएको छ भने आर्थिक वर्ष २०७५/०७६ को विनियोजित बजेटका केहि शीर्षकहरु सभाबाट संसोधन गरिएको छ । त्यस्तै आर्थिक वर्षको २०७५/०७६ मा निर्माण गरिएका ऐनहरु भित्रका केहि कुराहरु गाउँसभाबाट संसोधन गरिएको छ ।

गाउँसभा अध्यक्ष नरबहादुर पु ले पास गर्नुपर्ने विध्ययेक तथा संसोधन गर्नु पर्ने ऐनहरु सभामा प्रस्तुत गरि प्रत्येक वडाका एक /एक जना गाउँ सभा सदस्यहरुको धारणा तथा सुझाब लिइसकेपछी गाउँसभा अध्यक्ष पुनले विध्ययेक तथा ऐनहरुलाऐ पास गर्न निर्णयार्थ पेस गर्नुभएको थियो ।

उक्त पास गर्न गरिएको प्रतावलाई सभाले सर्व सम्मत पास गरेको छ ।

त्यस्तै सानिभेरी गाउँपालिका को लेखा समितिमा वडा नं २ का वडा अध्यक्ष धर्मबहादुर पुन र वडा नं ७ का वडा सदस्य कृष्ण बहादुर ओलीलाई नियुक्त गरिएको छ ।

संबैधानिक व्यवस्था अनुसार गाउँपालिकामा ३ जना लेखा समितिमा रहनु पर्ने व्यवस्था रहेकाले गाउँपालिकाको एक जना आन्तरिक लेखा परिक्षक सो समितिमा हुनुपर्ने र हाल गाउँपालिकामा उक्त पद रिक्त रहेकाले २ जनालाई मात्र गाउँसभा अध्यक्ष नरबहादुर पुनले प्रस्ताव गर्नुभएको थियो ।

उक्त प्रस्तावमा सबै गाउँसभा सदस्यहरुबाट सर्बसम्मत पास गरिएको छ ।

Facebook Comments