• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कल्पु धर्मशालामा बयालीस महिनापछि नेतृत्व चयन




४२ महिना सम्म अलपत्र रहेको कल्पु धर्मशालाले नयाँ नेत्रित्व पाएको छ । नारायण गुप्ताको अध्यक्षतामा १० सदस्य कल्पु धर्मशाला व्यवस्थापन समिति नयाँ नेत्रित्व पाएको हो । जसको उपाध्यक्षमा गणेशकुमार गुप्ता, सचिव वसन्तकुमार गुप्ता, सह–सचिव कनक देवी गुप्ता,कोषाध्यक्ष दिलकुमारी बुढा रहनु भएको छ ।

सदस्यहरुमा भक्तबहादुुर चौधरी,ईनामुर रहमान मुसलमान,सुनिल कुमार गुप्ता,अरुणकुमार गुप्ता र कमलेस देवी गुप्ता रहनु भएको छ । नव गठित नेत्रित्वलाई पाँच नं. प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले सफथ ग्रहण गराउँनु भएको थियो । लामो समय सम्म धर्मशाला व्यवस्थापन समितिमा बिवाद हुदा समितिले पुर्णता पाउँन सकेको थिएन । सफथ ग्रहण पछि शुभकामना व्यक्त गर्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गुप्ता समुदायले समाज विकासका लागि पु¥र्याएको योगदान महत्वपूर्ण रहेको वताउँनुभयो ।

दाङमा पुस्तौ देखि गुप्ता समुदायले व्यापार व्यवसाय संचालन गर्दै आएको भन्दै उहाँको योगदानले दाङको विकासमा टेवा पुगेको वताउँनुभयो । राज्यले हरेक बर्ग समुदायलाई राज्यको मुल धारमा ल्याउँन खोजेको उल्लेख गर्दै त्यसको छायाँ कल्पु धर्मशाला गठन गर्दा देखिएको वताउँनुभयो । समिति निर्माण गर्दा हरेक समुदायको समानुपातिक प्रतिनिधत्व रहेको वताउँदै त्यसले धर्मशालाको विकास गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कसौधन विराद सेवा समितिका उपाध्यक्ष विष्णु गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथी नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ भारी, नेकपा कार्यदल सदस्य शिवकुमार आचार्य, नेपाली काग्रेस दाङका उप–सभापति कमानसिङ भारती, वडा सदस्य गुलम रशुल लगाएतले वोल्न भएको थियो । पूर्व उपाध्यक्ष नारायण गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बशन्त गुप्ताले गर्नु भएको थियो ।

Facebook Comments