• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चुनवाङमा सामाजिक जागरणका लागि साझा अभियान




रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङले सामाजिक जागरणका लागि साझा अभियान सञ्चालन गरेको छ ।

वडा कार्यालयको योजनाअनुसार खानेपानी तथा सरफाइ वडा समितिको आयोजना तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम र रुकुमेली विकास संस्थाको सुहारा कार्यक्रमसँगको साझेदारीमा पूर्ण सरसफाइमा केन्द्रित सामाजिक जागरण अभियान थालिएको हो ।

वडाले गठन गरेको १८ वटा टोल विकास संस्थामा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष प्रवेश पुन मगरले जानकारी दिनुभयो । ‘ऐतिहासिक चुनवाङ हाम्रो गौरव हाम्रो शानः सुन्दर, शान्त, हतियाली र समृद्धि हाम्रो अभियान’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिउको हो ।

अभियानका क्रममा घरेलु हिंसा नियन्त्रण, बालविवाह तथा बहुविवाह रोक्ने दायित्व, करेसाबारी निर्माण, पोषण, सरसफाइलगायत विभिन्न पक्षमा सचेतनामूलक कार्यक्रम गरिएको र कार्यक्रममा हरेक घरपरिवारका सदस्यको सहभागिता रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँले वडाले भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सचेतना र उत्पादनका काम पनि शुरु गरेको जानकारी दिनुभयो ।

लसुनको पकेट क्षेत्र निर्माणका लागि अभियान थालेको वडाले लसुन, दालचिनीको पात, अलैची, धनियाँ र जिरासहितको ‘तीन बहिनी’ मसला उत्पादन शुरु गरेको जानकारी दिनुभयो ।

स्थानीय सरकारको सहयोगमा सहकारीबाट उत्पादन थालिएको हो । कृषि उत्पादन र पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाइने उहाँले बताउनुभयो ।

Facebook Comments